नाबालिकाको फेसबूक म्यासेन्टरमा अश्लील भिडियो पठाउने २ जनालाई साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पीडित बालिकाको अनुहारमा नग्न शरीर जोडेर तस्वीर र भिडियो बनाएर म्यासेन्जरमा पठाएको आरोपमा काठमाडौं महानगरपालिका–१७ डल्लु बस्ने २६ वर्षीय सानु पौडेललाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसएसपी नविन्द्र अर्यालले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको छ ।
सामाजिक सञ्जाल फेसबूक, टिकटक, यूट्युब लगायतमा व्यक्तिको तस्वीर र भिडियो फोटोशप गरेर बिगारेर सार्वजनिक न...