पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेल क्षेत्रकै लोकप्रिय एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा यस संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ।

सम्बन्धित सामग्री

कुन-कुन खेलाडीले पाए पल्सर स्पोर्ट्स अवार्ड ?

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार काठमाडौंमा एक समारोह आयोजना गरी खेलाडीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

पल्सर स्पोर्टस् अवार्ड: चार विधाका मनोनयन सार्वजनिक, को-को परे ?

नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।

पल्सर अवार्ड २०८०: चार विधाका मनोनयन सार्वजनिक

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०८० का लागि पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयनहरू सार्वजनिक भएका छन्।

पल्सर स्पोर्ट्स अवार्ड २०७९ : क्रिकेट र एथलेटिक्सको वर्चस्व

काठमाडौँ : नेपाली क्रिकेट र एथलेटिक्सका खेलाडीले नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७९ का ४ विधामा वर्चस्व कायम गरेका छन्।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन गर्दै ४ विधाका शीर्ष ३ भित्र परेकाको मनोनयन सार्वजनिक गरेको हो।यस पटक २० औँ संस्करण माघ २८ गते आइतवार याक एण्ड यति होटलमा आयोजना हुँदै छ। जहाँ क्रिकेट र एथ्लेटिक्सका खेलाडी तथा प्रशिक्षकले वर्चस्व कायम गरेका हुन्।एथ्लेटिक्सबाट ५ जना र क्रिकेटबाट ४ जना फरक ४ विधाको शीर

पल्सर स्पोर्ट्स अवार्ड: चार विधाका शीर्ष तीनको ‘सर्ट लिस्ट’

काठमाडौं-  नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टस अवार्ड २०७९ का लागि विभिन्न चार विधाका शीर्ष तीनको मनोनयन सार्वजनिक गरिएको छ। वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट यूवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ शीर्ष तीन-तीन जनाको मनोनयन सार्वजानिक गरिएको हो। वर्ष उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्रबहादुर गुरुङ, बक्सिङका दीपक महर्जन, […]

पिपल्स च्वाइस अवार्ड एलिनालाई

एलिना महर्जनले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको अवार्ड  जितेकी छन् । टेबलटेनिसकी खेलाडी एलिनालाई नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गर्दै उनलाई अवार्ड प्रदान गरेको हो ।पिपल च्वाइस अवार्डका लागि एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका थिए ।भोटको आधारमा एलिनाले उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट

हिमेशरत्न वज्राचार्य

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ का विजेताको चयन जत्तिको सटीक र अचुक यसअघि कहिल्यै पनि भएको थिएन । यसका प्रमुख विधाका विजेता काट्नै नसकिने गरेर बलिया प्रत्याशी थिए । कारण पनि स्पष्ट थियो, यसपल्टका विजेताका सूची ‘ओपन सेक्रेट’ जस्तै थियो ।

स्पोर्ट्स अवार्डमा महिला सशक्तीकरणको सन्देश

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ का विजेताको चयन जत्तिको सटीक र अचुक यसअघि कहिल्यै पनि भएको थिएन । यसका प्रमुख विधाका विजेता काट्नै नसकिने गरेर बलिया प्रत्याशी थिए । कारण पनि स्पष्ट थियो, यसपल्टका विजेताका सूची ‘ओपन सेक्रेट’ जस्तै थियो ।

एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डः चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकारको आयोजना हुन लागको १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। हरेक वर्ष झै मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो। वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्। वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। यस्तै वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको थियो। २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताए। यस अघि आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ। इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ। पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ। यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार ...