एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डः चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल खेलकुद पत्रकारको आयोजना हुन लागको १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत विभिन्न चार विधाको मनोनयन मंगलबार सार्वजनिक गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो। हरेक वर्ष झै मञ्चले वर्षका पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो। वर्षका पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्। वर्षका महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। यस्तै वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बु मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको थियो। २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धिका आधारमा खेलाडीलाई मनोनित गरिएको छनोट समितिका संयोजक रेग्मीले बताए। यस अघि आयोजक मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। पिपल्स च्वाइस विधामा मनोनित पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङ लाइन जारी रहेको छ। इ–सेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा पिपल्स च्वाइस विधाको विजेता छनोट हुनेछ। पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने बताईएको छ। यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने आयोजकले जनाएको छ। वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार ...

सम्बन्धित सामग्री

खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक

नेपाली खेलकुदको बहुप्रतीक्षित अवार्ड एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को पुरुष र महिला खेलाडी विधाको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ।...

पल्सर स्पोर्ट्स अवार्ड : पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले हरेक वर्ष प्रदान गर्दै आएको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७९ अन्तर्गत पिपुल्स च्वाइस अवार्डको मनोनयन आज सार्वजनिक भएको छ । मञ्चले यहाँ एक कार्यक्रम आयोजना गर्दै पिपुल्स च्वाइसका पाँच जना खेलाडी मनोनयन सार्वजनिक गरेको हो । आगामी माघ २८ गते हुने २०औँ संस्करणको मनोनयनमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, […]

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड (फोटोफिचर)

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतीष्ठानमा भएको कार्यक्रममा विभिन्न विधामा अवार्ड प्रधान गरिएको हो।...

यस्तो देखियो पल्सर स्पोर्ट्स अवार्ड-२०७७ (तस्बिरहरु)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी मंगलबार एनएसजेएफ पल्सर स्पोटर्स अवार्डमा दशक पुरुष र महिला खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञाभवन कमलादीमा आयोजना गरेको कार्यक्रमबाट दशक खेलाडी पुरुषतर्फ पारस र महिलातर्फ सावित्रालाई अवार्ड प्रदान गरेको हो । उत्कृष्ट दशक प्रशिक्षकको अवार्ड क्रिकेट प्रशिक्षकको उपाधि जगत टमटाले प्राप्त गर्दा पिपल्स च्याइसको अवार्ड टेबल टेनिसकी एलिना महर्जनले प्राप्

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७: पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

क्रिकेटका कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा र टेबल टेनिसकी एलिना महर्जन एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन्।...

पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । १८औं संस्करणको पल्सर स्पोर्ट्स अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि ५ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । मनोनयनमा पर्ने खेलाडीमा फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, टेबल टेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल रहेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता हुने […]

एनएसजेएफ अवार्ड चैत ७ मा

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले चैत दोस्रो साता पल्सर स्पोर्ट्स अवार्ड २०७५ आयोजना गर्ने भएको छ।...

१७ औं पल्सर स्पोर्ट्स अवार्ड आज

नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउनेक्रममा आज मंगलबार १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ ।

सेमी भर्चुअलमा पल्सर स्पोर्ट्स अवार्ड

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने नेपाली खेलकुद क्षेत्रकै प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड–२०७६ पुसको अन्तिममा हुने भएको छ।

पल्सर स्पोर्ट्स अवार्ड आज

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने पल्सर स्पोर्ट्स अवार्ड २०७३ सोमबार प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा आयोजना हुँदैछ ।