रिजवान अन्सारीको दाबी, ‘साझा चुनाव चिह्न चुनावी तालमेल मात्रै होइन, स्थायी एकताको आधार हो’

आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले साझा चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीले यसलाई चुनावी तालमेलमा मात्रै सीमित नराखी स्थायी राजनीतिक एकताको आधार बनाउने योजना रहेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित नौ दलीय अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला तथा […]