चितवन स्थित नेपाली सेनाको कालिबहादुर गणबाट चोरी भएको स्वचालित सट मेशिन गन (एसएमजी)बारे जङ्गी अड्डामा कोर्ट मार्सल भइरहेको छ । हतियार चोरेको आरोपमा २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले उदयपुर घर भएका लव कुमार गुरुङ र मोरङ सुन्दरहरैंचा घर भएका सरोज तामाङलाई पुर्पक्षमा पठाउने फैसला गरेको थियो । तर, चितवन प्रहरीले साथीको हत्यामा संलग्न सैनिक जवान गंगाधर ढकालको साथबाट हतियार बरामद गरेपछि घटनाले नयाँ रूप लिएको छ ।साउन ७ मा सैनिक हुद्दा भरत गुरुङ चितवनमा मृत फेला परेका थिए । गुरुङक