अमेरिकी सेना कमाण्डरद्वारा जङ्गी अड्डा भ्रमण

काठमाडौँ : संयुक्त राज्य अमेरिकाका सेना कमाण्डर जनरल चार्ल्स ए फ्ल्यानले नेपाली सेनाको हेडक्वार्टर जङ्गी अड्डाको भ्रमण गरेका छन्।जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका जनरल फ्ल्यानले आज जङ्गी अड्डाको भ्रमण गरेका हुन्। उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको सैन्य सञ्चालन गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको थियो।सोही क्रममा, उनले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका