अब टोलटोलमा आइसोलेसन सेन्टर आवश्यक : गुठीघरमा अक्सिजन र बेड राखेको च्यालसबाट सिक्ने कि?

काठमाडौं: वैशाख १७ गते सरकारले केही जिल्लामा कोरोना संक्रमितलाई अस्पतालमा शय्या दिन नसकिने अवस्था आएको भन्दै उपचारबाट हात उठायो। 'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' उल्लेख भएको स्वास्थ्य मन्त्रालयको पत्रमा सरकार महामारीसँग जुध्न र नागरिकको जीवन रक्षा गर्न…

सम्बन्धित सामग्री

महासंघको आइसोलेसन सेन्टर सञ्चालन

नेपाल समाचारपत्र, काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघले महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउन्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितहरूका लागि कमलादीस्थित जैन ज्ञान निकेतनमा ड्राई अक्सिजन र आपतकालीन उपचारबिनाको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । आइसोलेसन सेन्टरमा शुरूमा २६ बेड रहेका छन् । आवश्यकताका आधारमा थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । कोरोना संक्रमणका […]

झापा गाउँपालिकामा अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार

देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।  पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक

अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटे सुर्खेतका स्थानीय तह

सुर्खेत । दोस्रो चरणको कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका स्थानीय तह अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माणमा जुटेका छन् । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका,  चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र पञ्चपुरी नगरपालिकामा कोरोना संक्रमितको उपचारका लागि अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण गरिएको हो । यस्तै, लेखबेंसी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र बराहताल गाउँपालिकाले समेत अक्सिजनसहितको आइसोलेसन कक्ष निर्माण प्रक्रिया अघि बढाएका छन् । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाले अक्सिजनसहितको आइसोलेसन कोरोना अस्पताल स्थापना गरेको जनाएको छ । मेहेलकुना अस्पताल र गुर्भाकोट नगरपालिकाको संयुक्त लगानीमा सिटी हल मेहेलकुनामा अस्थायी कोरोना अस्पताल स्थापना गरिएको हो । कोरोना संक्रमण तीव्र बनेपछि नागरिकको उपचारलाई सहज बनाउन अक्सिजनसहितको आइसोलेसन र कोभिड अस्पताल निर्माण गरिएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । तत्कालका लागि २५ बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरे पनि आवश्यक परे सिटी हलमै २० बेड थप्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुनका अनुसार सेवा–सुविधासहित कोरोना संक्रमितको व्यवस्थापन गर्न उप–प्रमुख, नगरपालिकाको स्वास्थ्य शाखा, मेहेलकुना अस्पताललगायतको टिम परिचालन गरिएको छ । ‘कोरोना संक्रमितको व्यवस्थापनमा थप आर्थिक तथा प्राविधिक सहयोग आवश्यक परे जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालय एवं प्रदेश सरकारसँग समन्वयका लागि पूर्वतयारी गरिरहेका छौँ’, पुनले भने । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले समेत सुविधासम्पन्न अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । चौकुने गाउँपालिका–६ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा पालिकाले सोमबारदेखि अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । भारत कमाउन गएका नागरिक गाउँ फर्किन थालेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अक्सिजनसहित आइसोलेसन कक्ष निर्माण गरिएको गाउँपालिका अध्यक्ष  धीरबहादुर शाहीले बताए । तत्कालका लागि १२ बेडको आइसोलेसन बनाइएपनि आवश्यक परे ५० बेडसम्मको बनाउन सकिने उनले जानकारी दिए । दशाहीका अनुसार १२ बेडको आइसोलेसन सेन्टरमा हाल ६ वटा अक्सिजन सिलिन्डर रहेका छन् । उनले थप अक्सिजन सिलिन्डर खरिदका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको बताए । ‘भारतबाट गाउँ फर्किने युवाहरूको संख्या बढ्दै गएकाले कोरोना संक्रमणको जोखिमसमेत बढेको छ,’ उनले भने, ‘संक्रमण फैलिन नदिन गाउँपालिकाले सचेतना अभियान सञ्चालन गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।’ गाउँपालिकामा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन् । स्थानीय तहले अस्थायी रूपमा निर्माण गरेका कोरोना अस्पतालका बिरामीको अवस्था असामान्य भए आईसीयू वा भेन्टिलेटरमा राख्न प्रदेश अस्पतालमा रेफर गर्ने व्यवस्था मिलाएको छ । जिल्लाभरि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि स्वास्थ्यकर्मीको संख्या कम हुँदै गएको छ । कर्णाली प्रदेश सरकारले तत्कालै करारमै भए पनि स्वास्थ्यकर्मीको अभावलाई पूरा गर्न आवश्यक प्रक्रिया सुरु भइसकेको जनाएको छ ।

कोभिड बिरामीको उपचारका लागि अजयले खोले निशुल्क आइसोलेसन सेन्टर

एजेन्सी । बलिउड अभिनेता अजय देवगण र आनन्द पण्डितले मिलेर मुम्बईका केही स्थानमा कोभिड केयर सेन्टर खोलेका छन् । जहाँ, बिरामीहरुले निःशुल्क सेवा पाउनेछन् । यसमा आइसियु, अक्सिजनदेखि लिएर भेन्टिलेटर सम्मको सुविधा छ । पछिल्लो साता अजयले दादरस्थित एक पार्टी प्यालेसलाई कोभिड केयर केन्द्र बनाएका थिए । यस केन्द्रमा २० बेड, अक्सिजन, आइसियु र भेन्टिलेटरको सुविधा उपलब्ध छ ।यसै कामसँगै अजयको निकै प्रशंसा भइरहेको छ । अजयले नै अघि सारेको यस योजनामा पण्डितले साथ दिएका हुन् । अब यी दुई जनाले मिलेर भारतका अन्य स्थ

यस्तो छ ललितपुरको च्यासलमा स्थानीयले बनाएको आइसोलेसन सेन्टर (फोटोफिचर)

ललितपुरको च्यासलमा स्थानीयको सहयोगमा आइसोलेसन सेन्टर निर्माण भएको छ । च्यासल टोल सुधार समिति, च्यासल युवा क्लब र च्यासल युवा रेडक्रस सर्कलको सक्रियतामा अक्सिजनसहितको आइसोलेसन सेन्टर बनाइएको छ । च्यासल टोल सुधार समितिका अध्यक्ष श्याम व्यन्जनकारका अनुसार स्थानीयबाट सहयोग रकम संकलन गरेर आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।यहाँ सोमबारसम्म ५ वटा बेड तयार भइसकेको छ । कोरोना भाइरसको महामारी विश्वव्यापी रुपमा फैलिरहेकाले आवश्यक तयारी गरिएको व्यन्जनकारले बताए । ‘८–१० दिनअघि अक्सिजन कम भएर काठम

नेपालगन्जमा बिहिवारदेखि पचास बेडको अक्सिजनयुक्त आइसोलेसन सञ्चालन हुँदै

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिकाले ५० बेड अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाएको छ।