स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका जिल्ला कमिटी सदस्य भुपराज अधिकारीलाई एमालेले कारबाही गरेको छ । गएकाे पालिका चुनावमा आफ्नै पार्टीका उमेद्वारलाई अन्तर्घात गरेको आरोपमा अधिकारीलाई कारबाही गरेको हो । अधिकारीलाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको एमाले स्याङ्जाले जनाएको छ ।
दुईपटकसम्म सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई पार्टीले कारबाही गरेको एमाले स्याङ्जाका अध्यक्ष सूर्यप्रसाद गैरे (पारस)ले जानकारी दिनुभयो । एमालेले असार २० गते ३ द...