काठमाडौँ क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाएको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन् । “सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ । त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ”, निर्वाचन अधिकृत शाहीले भनिन् । अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन