काठमाडौँ-३ मा एमालेलाई अग्रता

काठमाडौँ– काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) का कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । तीन हजार चार सय २४ मतगणना सकिँदा राईले एक हजार ७५ मत प्राप्त गरेका छन् । राईलाई पछ्याउँदै नेपाली कांग्रेसका सन्तोष चालिसेले एक हजार ५८ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिए ।  राष्ट्रिय स्वतन्त्र पार्टी […]

सम्बन्धित सामग्री

काठमाडौँ ३ मा चालिसे मतान्तर बढाउँदै, प्रदेश (क) मा लामा विजयी

काठमाडौँ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले अग्रता बढाउँदै जानुभएको छ । ताजा स्थितिमा चालिसेले ७८३८ मत पाउनुभएको छ भने एमालेका कृष्ण राईले ६०४९ मतसहित पछ्याइरहनुभएको छ । यसै गरी सोही क्षेत्रको प्रदेश (क) मा कांग्रेसका छिरिङदोर्जे लामा विजयी हुनुभएको छ । लामाले चार हजार पाँच सय ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत …

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि

काठमाडौँ,३ जेठ । चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिएका छन् । आज बिहानसम्मको मतपरिणाम अनुसार बाँस्तोलाले ६ हजार ६५० मत […]

नेपालगञ्जमा कांग्रेस अगाडि

काठमाडौँ,३ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ । गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले आठ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले) का पशुपति मिश्रले चार हजार ३७७ प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा […]

चन्द्रागिरिमा गठबन्धनको अग्रता

काठमाडौँ,३ वैशाख । काठमाडौँको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन् । अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले सात हजार १५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना […]

काठमाडौँका नगरपालिकामा काँग्रेस र एमालेको अग्रता - News of Nepal

काठमाडौँ, ३ जेठ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाको वडा नं एकको मतगणना सकिँदा वडा अध्यक्ष र सदस्यमा नेकपा (एमाले) ले जितेको छ । वडाको पदाधिकारी एमाले जित्दा पनि प्रमुख र उपप्रमुखमा काँग्रेस अगाडि रहेको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसका प्रमुख उम्मेदवार …