काठमाडौं : काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ३ को मतगणना बिहान नौ बजेदेखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रतिनिधिसभा र प्रदेश सभाको आइतबार सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ३९ हजार ५६ मत खसेको छ।बिहान आठ बजे सर्वदलीय बैठक बसी नौ बजेदेखि प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्ष एवं समानुपातिक गरी चार ठाउँमा मतगणना सुरु भएको निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन्। यो निर्वाचन क्षेत्रमा ५८ हजार ८८९ मतदाता रहेका थिए। यस क्षेत्रमा आइतबार २९ मतदान स्थलका ६८ केन्द