काठमाण्डाै - नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले निजी क्षेत्र हतोत्साही हुनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । सोमवार आज काठमाण्डौमा भएको ग्लोबल आईएमई बैंक र बैंक काठमाण्डूबीचको एकीकृत कारोबार सुरु भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको अर्थतन्त्र निरन्तर सकारात्मक बन्दै गइरहेकाले निजी क्षेत्र लगानी गर्नका लागि आत्तिनु नपर्ने बताउनु भयो ।
मुख्यसचिव बैरागीले पछिल्लो समय अर्थतन्त्रमा सकारात्मक संकेत देखापरेको बताउनु भयो । उहाँले अर्थतन्त्रका सूचकहरुमा समेत सुधार...