सहकारीले ऋणीको जग्गा रोक्का/फुकुवा गर्न कोपोमिसमा प्रविष्टित हुनुपर्ने

सहकारी क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले थप बाध्यकारी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवार मन्त्रालयले एक सूचना जारी गर्दै सहकारी संघ, संस्थाहरुलाई अनिवार्य रुपमा एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा प्रविष्टित हुन आग्रह गरेको हो । यसो नगरिए अब संस्थाले जारी गरेको कर्जाको धितोबापत ऋणीहरुको जग्गाको रोक्का तथा फुकुवा समेत नहुने मन्त्रालयले जानकारी दिएको छ । ऋणीको जग्गा रोक्का तथा फुकुवा गर्न आउने सहकारी संस्थाले कोपोमिसमा आवद्ध भएको प

सम्बन्धित सामग्री

बेसारको ‘ब्राण्डिङ’ गर्दै सहकारी

बाग्लुङ : अधिकांश सहकारी उद्देश्यअनुरूप नचलेको गुनासोबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनमा शेयर सदस्यलाई जोड्न थालेको छ। ६ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बाग्लुङको सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यो वर्षदेखि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाएको छ।  सहकारीले बाग्लुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बाग्लुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भा

समस्यामा परेको देउराली सहकारीले ठूला बचतकर्तालाई दिन थाल्यो जग्गा

तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ठूला बचतकर्तालाई जग्गा दिन थालेको छ । वित्तीय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम नगद फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विवादका बीच सहकारीले सेयर सदस्यहरुको भेला गरेर नगद फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।

रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिंदै देउराली सहकारी संस्था

२० कात्तिक, काठमाडौं । ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ । सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए । बचतकर्ता प्रतिनिधि कमिटीमा […]

रकम फिर्ता गर्न नसकेपछि देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा

काठमाडौं । केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिन थालेको छ । वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विावदका बीच सहकारीले शेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको […]

बचत फिर्ता गर्न नसकेको देउराली सहकारीले बचतकर्तालाई दिन थाल्यो जग्गा

केही महिनादेखि तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउदेश्यीय सहकारी संस्थाले ठुला बचतकर्ताहरुलाई जग्गा दिने कामको थालनी गरेको छ । बचत फिर्ता गर्न नसकेपछि सहकारीले ठूला बचतकर्तालाई जग्गा दिन थालेको हो । वित्तिय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विावदका बीच सहकारीले शेयर सदस्यहरुको भेला गरेर बचत फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धताको कार्यन्वयन स्वरुप बचतकर्तालाई जग्गा दिने कामको सुरुवात गरिएको संस्थाका अध्यक्ष रवीन्द्र चौलागाइले बताए। जनताले रातदिन मिहिनत गरी जम्मा गरेको रकम जुनसुकै हालतमा फिर्ता दिनु संस्थाको दायित्व भएको चौँलागाइले बताएका छन् । चौलागाँइले चालु पुँजी अभावमा जग्गा दिने बचन दुइ महिना अघि सदस्यहरुको भेला गरेर गरेका थिए । सहकारी समस्यामा परेपछि केदारप्रसाद चौँलागाइको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधि रहेका कृष्णप्रसाद कँडेल, जीवन श्रेष्ठ र नकुलप्रसाद आचार्यको संयुक्त नाममा दर्ता गरिएको गृहम विल्र्डस एण्ड कन्सल्ट्यान्सको नाममा गत शुक्रबार नबलपरासीको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको देउरालीले बताएको छ । सबै बचतकर्ताको रकम सुरक्षित होस् भनि जग्गा पास गर्ने समय भन्दा अगाडी नै रविन्द्र चौलागाइले ठुला बचतकर्ताहरुलाई बचतकर्ता प्रतिनिधि कमिटीको रोहबरमा बचत सुरक्षण बापत चेक हस्तान्तरण गरेका थिए । साना बचतकर्ताहरुलाई भने सहकारीले आलोपालो दैनिक ५ हजारका दरले संस्थाको ३ वटै शाखाबाट बचत फिर्ता दिँदै आइरहेको छ । सहकारीले तरलता व्यवस्थापनको लागि लोन रिकभरीमा पनि सक्रिय रुपमा लागिरहेको बताएको छ । देउरालीले ठुला बचतकर्ताहरुको प्रतिनिधित्व गरेको बचतकर्ता प्रतिनिधि कमिटीले आफनै नाममा दर्ता गरेको कम्पनीमा जग्गा पास गरिसकेको हुँदा सहकारीको तरलता अभाव छिट्टै सहज हुने बताएको छ । सहकारीले भनेको छ ‘हिजो जुन किसिमको अवस्था थियो त्यसलाई विस्तारै सहजताको अवस्थामा ल्याइएकोले सम्पुर्ण बचतकर्ताहरुलाई बचत रकम जुनसुकै हालमा फिर्ता हुने कुरामा विश्वास ब्यक्त गर्न चाहन्छौ । त्यसको लािग धर्यता र संयमता अपनाइ दिनु हुन विनम्र अनुरोध गर्दछौ ।’  देउरालीले सम्पुण सदस्यहरु संयमित हुनुपर्ने, सहयोगी हुनुपर्ने, उजुरी बाजुरी तथा चेक बाउन्स गर्ने, काम गर्न असहज बनाइदिने, कर्मचारीहरुलाई तनाब सिर्जना गरिदिने जस्ता कामहरु नगरिदिन पनि अनुरोध गरेको छ । सदस्यहरुबाट त्यो खालको गतिविधि अवका दिनमा नहुने कुरामा विश्वास समेत गरेको सहकारीले जनाएको छ । सहज तरिकाले काम गर्ने वातावरण बनाइदिन सहकारीले सदस्य महानुभावहरुमा अनुरोध समेत गरेको छ । संस्था समस्यामा परेपछि गठन भएको बचतकर्ता प्रतिनिधि कमिटीसँग अध्यक्ष चौलागाइले हरक्षण सहकार्य गर्दै अघि बढेको जनाएका छन् । सोही कमिटीले दर्ता गरेको कम्पनीको नाममा अन्य थप जग्गा पनि धितोको रुपमा पास दिँदै जाने र सो कमिटीसँगको सकहार्यमा यस संस्थाको तरलता संकट व्यवस्थापन हुने चौलागाइले बताएका छन् । अध्यक्ष चौलागाँइले इच्छुक सम्पुर्ण सदस्यहरुलाई पुन नियमित कारोबार गर्न समेत अनुरोध गरेका छन् ।

सिभिल सहकारीको नाममा किनिएको जग्गा इच्छाराजको स्वामित्वमा !

सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका नामा विभिन्न समयमा किनिएका जग्गा तथा भवन व्यक्तिको नाममा पुगेको पाइएको छ । सहकारीले पैसा तिरेर किनेको सुन्धाराको सिभिल मल र सिटिसी मल तथा सोल्टीमोडको आफ्नै भवन पनि संस्थाका पूर्व अध्यक्ष इच्छाराज तामाङको स्वामित्वमा पुगेको हो ।सिभिल सहकारी पीडितहरूका अनुसार काठमाडौँको सुन्धारामा रहेको १२ रोपनी जग्गा र त्यसमा बनेको सिभिल बिजनेस कम्प्लेक्स भवनको ५० प्रतिशत स्वामित्व सिभिल सहकारीको थियो । र, सो जग्गा खरिद गर्न जग्गाधनीलाई सहकारीबाट नै भुक्तानी भएको थियो ।

पशुपालनमा एकजुट बने शहरी क्षेत्रका किसान

भरतपुर-भरतपुर सदरमुकामदेखि करिब ५ किलोमिटर दूरीमा पर्ने प्रेमबस्ती क्षेत्र बसाईसरी आउने क्षेत्रका रुपमा चिनिन्छ ।खेतीयोग्य जग्गा अधिकांश घडेरी छन् । तर, किसानहरु सामूहिक अवधारणामा नमुना गाईफर्म बनाउन जुटेका छन् । भरतपुर महानगरको वडा नम्बर ७ मा रहेको प्रेमवस्ती दुग्ध उत्पादक सहकारीले नमुना गाईफर्म बनाउने तयारी थालेको छ । २ करोड १८ लाख लगानी गरेर नमुना […]

कृषि सहकारीलाई जग्गा दान गर्ने विष्ट दम्पती सम्मानित

पुष्कर भट्ट, महेन्द्रनगर । कञ्चनपुरको वदकोट नगरपालिका वडा नम्बर ८ बैजनाथ टोल निवासी नारायणसिंह विष्ट र श्रीमती धनादेवी विष्टले स्थानीय सहकारी संस्थाका लागि जग्गा दान गरेका छन् । विष्ट दम्पतीले श्री चुरेमुलपानी कृषि सहकारी संस्था लिमिटेडलाई आफ्नो १० धुर जमिन दान दिएका हुन् । शनिबार एक कार्यक्रम आयोजना गरी जग्गा दान गर्ने विष्ट दम्पतीलाई सहकारीले सम्मान गरेको छ । वेदकोट नगर प्रमुख असोक कुमार चन्दले उहाँहरुलाई सम्मान गर्नुभएको हो । संस्थाका अध्यक्ष देवसिंह ठगुन्नाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन स्थानीय बुद्धिजिवी तथा अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दुर्गासिंह भण्डारी, सहकारीका व्यवस्थाक कृष्णदत्त जोशी र संचारकर्मी पुष्कर भट्टको समेत आतिथ्यता रहेको थियो । कार्यक्रममा ग्रामिण विकास, यातायात, नयाँ बाटो खोल्ने सन्दर्भ राखि स्थानीयको तर्फबाट अखिल (छैठौं) का महासचिव महेशराज जोशीले नगर प्रमुख चन्दलाई ज्ञापन पत्रसमेत बुझाउनुभएको थियो ।

‘विदेश नगएर यतै कृषि फार्ममा काम गरेको भए यतिबेला घडेरी र घर बनाइसक्ने रहेंछु’

सोह्र बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती सुरू गरेको सहकारीले यतिबेला कृषि पाठशाला मात्र होइन, सो फारम आन्तरिक पर्यटकका लागि पनि उतिकै महत्वपूर्ण गन्तव्य बनाउन थालेको छ।