तरलता समस्याका कारण संकट झेलिरहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले ठूला बचतकर्तालाई जग्गा दिन थालेको छ । वित्तीय क्षेत्रमा चुलिएको तरलता अभाव र संस्थाको कमजोरीका कारण देउरालीले बचतकर्ताहरुको रकम नगद फिर्ता गर्न सकेको थिएन । सो कारण उत्पन्न विवादका बीच सहकारीले सेयर सदस्यहरुको भेला गरेर नगद फिर्ताको सट्टा जग्गा पास गरिदिने प्रतिबद्धता जनाएको थियो ।