बाग्लुङ : अधिकांश सहकारी उद्देश्यअनुरूप नचलेको गुनासोबीच यहाँको एक सहकारीले बहुआयामिक उत्पादनमा शेयर सदस्यलाई जोड्न थालेको छ। ६ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बाग्लुङको सिम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यो वर्षदेखि बेसारलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाएको छ। सहकारीले बाग्लुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बाग्लुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भा