सत्ता टिकाउनलाई व्यवस्थितरूपमा चलेका मन्त्रालय जथाभावी फुटाउँदा लुम्बिनी प्रदेश सरकार भद्रगोल बनेको छ । लुम्बिनीमा ७ वटा मन्त्रालयलाई फुटाएर चार राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद् बनाइएको छ, जसले गर्दा भवन संरचना र कर्मचारीको चरम अभाव छ ।
एउटै भवनमा फ्ल्याट बाँडेर मन्त्रालय राखिएका छन् । छुट्टाछुट्टै भवन र कर्मचारी नभएकै कारण सरकार बनेको १०० दिन पुग्दा समेत प्रदेशका नयाँ मन्त्रालय ‘एक्टिभ’ हुन नसक्दा सरकार गतिहीन भएको हो ।
पुरानो भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको एउटा भवनमा अहिले ५ मन्त्री र ३ ज...