महोत्तरीका विभिन्न स्थानमा अस्पताल सञ्चालनका लागि नवनिर्मित भवन हस्तान्तरण हुन नसक्दा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्य मन्त्रालयको लगानीमा नवनिर्मित सुविधासम्पन्न भवन अलपत्र भई दिनानुदिन जीर्ण बन्दै गएको छ । पुरानो भवनबाट सेवाग्राहीलाई सेवा दिन अति नै समस्या सिर्जित भएको चिकित्सकले जनाएका छन् । सोनमा गाउँपालिका उपस्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवन निर्मित भएको दुई वर्ष…