काठमाण्डौमा जोर बिजोरको आधारमा ठूला सार्वजनिक बस सञ्चालन, सबै पसल दिनभर खोल्न पाइने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। कोरोना सङ्क्रमणदर केही कम भएपछि जनजीवन सहज बनाउन भन्दै निषेधाज्ञा खुकुलो बनाइएको हो । तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न र सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । विज्ञहरुले पनि निषेधाज्ञा खुकुलो भएको बेलामा सङ्क्रमण बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकामा आजदेखि २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक बस जोर बिजोर प्रणालीमा सञ्चालन गर्न पाइने भएको छ। आज बिजोर गते भएकाले बिजोर ...