नेकपा एमाले र जसपाबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको छ । तर, जसपा सचिवालयको बिहीबार बसेको बैठकले संसद्मा रहेका प्रमुख तीन दलसँग सत्तासहकार्यका लागि छलफल गर्ने निर्णय गरेको छ ।
जसपा सचिवालयको बैठकले राजनीतिक संकट समाधानका लागि सत्तारूढ एमाले, सत्ता समर्थक माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्ने निर्णय गरेको जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टाईले बताए । बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको...