जनता समाजवादी पार्टी (जसपा)मा देखिएको विवाद समाधानको प्रयासस्वरूप अध्यक्षद्वय महन्थ ठाकुरबीच भेटवार्ता भइरहेको छ ।
पछिल्लो केही दिनयताको संवादहीनता तोड्दै अध्यक्ष ठाकुर र यादवबीच छलफल भइरहेको हो ।
दुई अध्यक्षबीचको छलफल पार्टी मुख्यालय बालकुमारीमा जारी रहेको नेता सुरेन्द्र झाले लोकान्तरलाई जानकारी दिए ।
सत्ता समीकरणको विषयलाई लिएर शुरू भएको जसपा विवाद उत्कर्षमा छ । सोही विवाद समाधानको प्रयासस्वरूप दुई अध्यक्षबीच भेट भएको हो ।