काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको काँग्रेस र जसपा नेताहरूबीचको बैठक ठोस सहमति नगरी टुंगिएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले दलहरूसँग मिलेर जाने छलफल भएको भन्दै आज केही सहमति नभएको बताए। ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । अब आफूहरुले माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए । प्रधानमन्त्रीमा तपाईंकै नाम चर्चामा छ भन्ने प्र