नेपाल एशोसिएशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र गणतन्त्र फिलिपिन्सको राजदूतावासबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।नाट्टाले अन्तर्राष्ट्रिय पर्वत पर्यटन दिवसका अवसर पारेर दुवै पक्ष एकापसमा पर्यटन प्रवद्र्धन तथा विकास, व्यावसायिक सद्भाव र पर्यटनको अभिवृद्धिलगायतका विविध सहयोगको क्षेत्रमा मिलेर काम गर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष रमेश थापा र नेपालका लागि फिलिपिन्सका राजदूत रामोन एस बागटसिंह जुनियर ले हस्ताक्षर गरेका हुन्