पर्यटन प्रवद्र्धन गर्न सरकारले सहयोग गर्नुपर्छ : रिजाल

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन् ।उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताए । उनले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने […]

सम्बन्धित सामग्री

भेडेटारमा भेडेटार फुड फेस्टिबल

धनकुटा (अस) । प्रदेश १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा तीन दिने नवौं भेडेटार फुड फेस्टिबल सुरु भएको छ । होटल एसोसिएसन अफ भेडेटारको आयोजनामा फेस्टिबल सुरु भएको हो । फेस्टिबल उद्घाटन प्रदेश १ का भौतिक योजना तथा पूर्वाधारमन्त्री हिमाल कार्कीले उद्घाटन गरे । भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री कार्कीले बताए । भेडेटारमा अंग्रेजी नयाँ वर्ष अवसर पारेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको महोत्सव आयोजक अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए । उनका अनुसार भेडेटार आउने विदेशी पर्यटकमा सबैभन्दा धेरै भारतीय हुन्छन् । नयाँ वर्षमा भारतीयको बिदा हुने भएकाले तिनलाई भेडेटारमा आकर्षित गर्न फेस्टिबल आयोजना गरिएको उनले बताए । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको मुख्य भूमिका रहेकाले यसको थप प्रचार गर्न फेस्टिबल आयोजना गरिएको हो । तीन दिनसम्म सञ्चालन हुने फेस्टिबलमा विभिन्न जातीय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादन गरी १५ स्टल रहेका छन् । फेस्टिबल उद्घाटन अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । फेस्टिबल अवधिमा भेडेटार धरान प्याराग्लाइडिङ, मूलघाट (चतरा र्‍याफ्टिङ, नमस्ते झरनामा क्यानोनोइङ, साइक्लिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङजस्ता पर्यटकीय गतिविधि सञ्चालन हुनेछन् । फेस्टिबल करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ ।