प्रत्यक्ष वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि

छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक वर्ष (२०७४-७५) र अघिल्लो आर्थिक वर्ष (२०७३-७४)मा नेपालमा कुल ५७ वटा देशबाट लगानीको प्रतिबद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ ।

सम्बन्धित सामग्री

२ खर्ब ६४ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा ५७ मुलुकले २ खर्ब ६४ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष रुपमा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले २०७९ असार मसान्तसम्मलाई आधार बनाएर गरेको अध्ययनमा सवैभन्दा वढी लगानी भारतबाट भित्रिएको देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चुक्ता पुँजीस्वरुप सबैभन्दा धेरै अर्थात ५३.७ प्रतिशत वैदेशिक लगानी आएको छ । अध्ययन प्रतिवेदनले नेपालमा ६ […] The post २ खर्ब ६४ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

६ अर्ब भित्रियो प्रत्यक्ष वैदेशिक लगानी

गत आर्थिक वर्ष २०७९–८० मा खुद प्रत्यक्ष वैदेशिक लगानी करिब ६ अर्ब रुपैयाँ भित्रिएको छ । यो करिब एक दशकयताकै सबैभन्दा कम रकम हो । उद्योग विभागका अनुसार गत आवमा विदेशी लगानीका ३२७ परियोजनाका लागि ३३ अर्ब ३९ करोड लगानी स्वीकृत गरिएको थियो । यसमध्ये ५ अर्ब ९६ करोड रुपैयाँबराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको […]

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भारतकाे [पूर्णपाठसहित]

नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा ५५ मुलुकको सवा २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी

नेपालमा हालसम्म ५५ मुलुकको सवा २ खर्ब रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सम्बन्धी एक अध्ययनअनुसार गत असार मसान्तसम्ममा नेपालमा ५५ देशको २ खर्ब २७ अर्व ९५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।राष्ट्र बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब ८१ करोड लगानी भएको छ भने दोस्रोमा रहेको चीनबाट ३३ अर्ब लगानी रहेको अध्ययनमा उल्लेख छ। पछिल्ला वर्षहरुमा आवधिक लगानीमा चीन अगाडि रहे पनि समग्रमा भने भारत निकै माथि रहेको छ।भारत

नेपालमा ५५ देशको दुई खर्ब २८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी, कुन क्षेत्रमा कति ?

नेपालमा संसारका विभिन्न ५५ देशको रु दुई खर्ब २७ अर्ब ९५ करोड बराबरको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । लगानी गर्नेमा भारत सबैभन्दा अगाडि छ भने दोस्रोमा चीन रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कूल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा …

नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी, लाभांश वापत २६ अर्ब बाहिरियो

नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुऱ्याउने उद्देश्यले आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीका सम्बन्धमा प्रत्येक वर्ष स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८' तयार पारेको हो।राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तलनामा १४.८ प्रतिशतले वद्धि भई रु.२२७ अर्ब ९५ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो।२०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.७५ अर्ब ८१ करोड र त्यसपछि क्रमशः चीनबाट रु.३३ अर्ब, आयरल्याण्डबाट रु.१६ अर्ब ४८ करोड, सिङ्गापुरबाट रु.१५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१४ अर्ब ५१ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ।नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा र ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत् क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसै गरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ। समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ भने नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको छ। प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपाल गरिएको वैदेशिक लगानीबाट २६ अर्ब लाभांश बाहिरिएको छ । सबै भन्दा बढी लाभांश सूचना तथा संचार क्षेत्रका कम्पनीले लगेका छन् । सूचना तथा संचार क्षेत्रका कम्पनीले १३ अर्ब ९८ करोड बराबरको लाभांश लागेका हुन् । त्यस्तै उत्पदन क्षेत्रका कम्पनीले ६ अर्ब ७४ करोड बराबरको लाभांश लागेका छन् ।

५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सर्वेक्षण तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार सर्वेक्षण तथ्याङ्क सार्वजनिक गर्दै बैंकले ५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको जनाएको हो । २०७८ असार मसान्तसम्मको तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ लगानी भित्रिएको बैंकले जनाएको छ । यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प

प्रत्यक्ष वैदेशिक लगानी : जीडीपीमा योगदान कमजोर

काठमाडौं । नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १ प्रतिशत पनि योगदान नगरेको सरकारी अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले हालै अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान कमजोर देखिएको हो । जीडीपीमा प्रत्यक्ष वैदेशिक लगानीको योगदान शून्य दशमलव ५४ प्रतिशत मात्रै रहेको अध्ययनले देखाएको छ । सार्क मुलुकमध्ये प्रत्यक्ष वैदेशिक लगानीबाट जीडीपीमा बढी योगदान लिनेमा माल्दिभ्स रहेको छ । उक्त देशको जीडीपीमा १७ दशमलव ५ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानीको अंश छ । प्रत्यक्ष वैदेशिक लगानीले जीडीपीमा बढी योगदान गरेको दोस्रो मुलुकमा भारत पर्छ । भारतको जीडीपीमा वैदेशिक लगानीको अंश १ दशमलव ७६ प्रतिशत रहेको छ । पाकिस्तानको जीडीपीमा शून्य दशमलव ८० प्रतिशत, बंगलादेशको शून्य दशमलव ६३ प्रतिशत र नेपालको जीडीपीमा शून्य दशमलव ५४ प्रतिशत योगदान वैदेशिक लगानीको रहेको छ । वैदेशिक लगानी कहाँकहाँबाट आउछ ? नेपालमा वैदेशिक लगानीमा भारतको सबैभन्दा धेरै अंश रहेको छ । भारतको ५६ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपालमा हुने वैदेशिक लगानीमा भारतको ३१ प्रतिशत अंश रहेको छ । दोस्रोमा रहेको चीनबाट २७ अर्ब ५६ करोड लगानी भएको छ भने तेस्रोमा रहेको क्यारेबियन देश सेन्ट किट्स एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड रुपैयाँ लगानी भित्रिएको छ । चौथोमा रहेको आयरल्यान्डबाट ११ अर्ब ९३ करोड, सिंगापुरबाट ८ अर्ब ७२ करोड, अस्ट्रेलियाबाट ७ अर्ब ६३ करोड, यूएईबाट ६ अर्ब ८५ करोड, बंगलादेशबाट ५ अर्ब ११, दक्षिण कोरियाबाट ४ अर्ब ४७ करोड र अमेरिकाबाट ४ अर्ब ४७ करोड वैदेशिक लगानी भित्रिएको देखिएको छ । जुलाईसम्म २०१९ सम्म नेपालमा १ खर्ब ८२ अर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । २०१९/२० मा नेपालमा वैदेशिक लगानीबापत १९ अर्ब ६७ करोड भित्रिएकोमा १६ अर्ब ७ करोड जलविद्युत् तथा सिँचाइ क्षेत्रमा आएको देखिएको छ । वैदेशिक लगानी कुनकुन क्षेत्रमा कति ? प्रतिष्ठानको अध्ययनअनुसार नेपालमा आएको वैदेशिक लगानीमध्ये करीब ८२ प्रतिशत ऊर्जा, ग्यास र सिँचाइ परियोजनामा आउने गरेको छ । त्यस्तै, ट्रान्सपोर्ट स्टोरेज र कम्युनिकेशन क्षेत्रमा ७ प्रतिशत र बाँकीमा ११ प्रतिशत लगानी भित्रिएको छ । वैदेशिक लगानीमध्ये वाग्मती प्रदेशमा ६५ दशमलव ५ प्रतिशत, गण्डकी प्रदेशमा १४ प्रतिशत, मधेश प्रदेशमा १० प्रतिशत लगानी आएको छ भने बाँकी १० प्रतिशत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लगानी भएको अध्ययनले देखाएको छ ।

भारतमा सबैभन्दा बढी लगानी एफडीआई सिंगापुरको, दोस्रोमा अमेरिका

एजेन्सी। सिंगापुर भारतमा सबैभन्दा अधिक प्रत्यक्ष वैदेशिक लगानी(एफडीई) गर्ने मुलुक बनेको छ। अमेरिका दोस्रोमा छ भने मरिसस तेस्रोमा रहेको छ। शुक्रबार जारी आँकडाअनुसार २०२०–२१मा अमेरिकाबाट १३.८२ अर्ब डलर भारतमा लगानी भएको छ। सिंगापुरको एफडीआई १७.४१ अर्ब डलर रहेको छ। मरिससबाट भारतलाई ५.६४ अर्ब डलर प्राप्त भएको छ। भारतमा एफडीआई गर्ने अन्य मुलुकमा यूएई, नेदरल्यान्ड्स, ब्रिटेन, जापानलगायत रहेका छन्।