नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सर्वेक्षण तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार सर्वेक्षण तथ्याङ्क सार्वजनिक गर्दै बैंकले ५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको जनाएको हो । २०७८ असार मसान्तसम्मको तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ लगानी भित्रिएको बैंकले जनाएको छ । यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प