बागमतीमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ पुग्यो गठबन्धन

हेटौँडा : बागमती प्रदेशमा नयाँ सरकार गठन (मुख्यमन्त्री) का लागि गठबन्धन बहुमतको साथ प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि दलहरूलाई आह्‍वान गरेलगत्तै गठबन्धन सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेको हो। मुख्‍यमन्त्री दाबीका लागि ५९ प्रदेशसभा सदस्‍यहरूले हस्ताक्षर गरेको बताइएको छ। हस्ताक्षर गर्नेहरूमा  माओवादीका २३, काङ्ग्रेसका २२, नेकपा एसका १३ र जसपा १ सदस्‍य छन्।विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवाद

सम्बन्धित सामग्री

बागमतीमा सत्तारुढ गठबन्धन दलसँग बहुमत

काठमाडौं, १५ चैत । हाम्रो नेपाली पार्टी (हानेपा) बागमती प्रदेश सरकारमा सहभागी भएसँगै सत्तारुढ गठबन्धन दलसँग बहुमत पुगेको छ । हानेपाबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका छन् । योसँगै बागमती प्रदेशमा तत्कालका लागि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सरकार जोगिएको छ । कूल ११० सदस्यी बागमती प्रदेश सभामा एमालेका २७, माओवादीका २१, नेकपा […]

बागमतीमा गठबन्धनबाट यी हुन् मन्त्री बन्नेहरू

हेटौंडा : बागमती प्रदेशमा आज बिहीबार गठबन्धन दलले नयाँ सरकार गठन गर्दै छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट बुधबार राजीनामा दिएपछि गठबन्धनले आज सरकार गठनको तयारी गरेको हो।मुख्यमन्त्री शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म बहुमत पुर्‍याएर सरकार गठनका लागि दाबी गर्न आह्वान गरेका छन्। गठबन्धनले बुधबार नै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै बहुमत सांसदको हस्ताक्षर बुझाइसक

प्रदेश १ मा सरकार परिवर्तनको सम्भावना : आइतवार विश्वासको मत लिँदै मुख्यमन्त्री

विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमाथि आइतवार मतदान हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । आचार्य मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा छन् । एमाले विभाजन भएपछि उनले बहुमत जुटाउन नसक्ने अड्कल गरिँदै आएको छ । पहिले माधव नेपाल पक्षधर उनी मुख्यमन्त्री पद पाएपछि ओली पक्षमा लागेका थिए । शुक्रवारको सदनमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने विषयमा राजनीतिक कुरा भने गरेनन् । संसद्लाई सम्बोधन गर्दै आचार्यले बाढीपहिरोका कारण भएको धनजनको क्षतिबारे सदनलाई जानकारी दिएका थिए । गत असोज २५ गते संवैधानिक प्रावधान अनसार आचार्यले विश्वासको मत चाहिएको प्रस्ताव संसद् सचिवालयमा पठाएका थिए । भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर, संवैधानिक प्रावधानको आफू अनुकूल व्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको प्रतिपक्षी दलहरूको आरोप छ । प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । यो संख्या सरकार टिकाउन पुग्दो संख्या होइन । संसद्मा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा बसेको छ । विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् । केन्द्रीय तहको सहमति अनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ, जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने तय भएको छ ।