वर्षाले अफगानिस्तान र आयरल्याण्ड अंक बाँड्न बाध्य

पुरुष टी–२० विश्वकप अन्तरगत अफगानिस्तान र आयरल्याण्डबीचको खेल वर्षका कारण एक बल पनि नखेली रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा शुक्रबार सो खेल तय गरिएको थियो । यसअघि बुधबार सोही मैदानमा अफगानिस्तान र न्युजिल्याण्डविरुद्धको खेल पनि रद्द भएको थियो । योसँगै दुई टोली १–१ अंक बाँड्न बाध्य बनेका छन् । इंग्ल्याण्डलाई स्तब्ध बनाएको आयरल्याण्ड समूह १ को दोस्रो स्थानमा उक्लिएको छ भने अफगानिस्तान समूहको पुछारमा रहेको छ । वर्षाका कारण शुक्रबार नै हुने भनिएको अस्ट्रेलिया र इंग्ल्याण्डबीच

सम्बन्धित सामग्री

टी–२० विश्वकप : श्रीलंकाले आयरल्याण्डलाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको छ।आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको रोमाञ्चक जित हात पारेको हो। यो जितसँगै श्रीलंका समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। समान २ अंक भए पनि नेट रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन्।  यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलिया अंकको खाता खोल्न सकेका छैनन्।  आयरल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ दशमलव १ ओभरमा १ विकेट गु

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । आजको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुने छ । सुपर १२ को चरण अन्तर्गत समुह २ मा रहेका यी दुई टोली आमने सामने हुन लागेका हुन् । भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने पाकिस्तान बाबर आजमको कप्तानीमा अमिदन उत्रने छ ।  एक महिना अगाडी मात्र यी २ टिम एसिया कपमा २ पटक प्रतिस्पर्धा गरेका थिए । जसमा एउटा खेल भारतले २ बल बाँकि रहेंदा जितेको थियो भने अर्को खेल पाकिस्तानले १ बल बाँकि रहंदा जितेको थियो । भारत र पाकिस्तान रहेको समुहमा बंगलादेश,  साउथ अफ्रीका, नेदरल्याण्ड र जिम्बाबे पनि छन् । नेदरल्याण्ड र जिम्बाबे पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।त्यस्तै अर्को समुहमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड, न्युजील्याण्ड, आयरल्याण्ड र श्रीलंका रहेक  छन् । आयरल्याण्ड र श्रीलंका  पहिलो राउण्डमा शिर्ष २ स्थानमा रहँदै सुपर १२ चरणमा प्रवेश गरेका हुन्  । यस समुहको शिर्ष २ स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छ ।पहिलो राउण्ड नै पार गर्न नसकेपछि यस पटकको सुपर १२ चरणमा वेस्ट इन्डिज समावेश छैन । वेस्ट इन्डिज २ पटक टि २० विश्वकपको उपाधि जितेर सर्वाधिक सफल टोलीको रुपमा रहेको छ ।

टि २० विश्वकपमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हरायो

टि २० क्रिकेट विश्वकप अन्तर्गत आजको खेलमा एसोसिएट राष्ट्र स्कटल्याण्डले वेस्ट इन्डिजलाई हराएको छ ।  प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको भोलिप्लट नै स्टकल्याण्डले वेस्ट इन्डिजलाई हराएको हो। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज १८.३ ओभरमा अल आउट हुदै  ११८ रन मै सिमित भएपछि स्टकल्याण्ड ४२ रनले विजयी भएको हो । हिजोबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई रनेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।

टि २० क्रिकेट विश्वकप आजबाट सुरु, उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई हरायो

टि २० क्रिकेट विश्वकप आजबाट सुरु भएको छ। अष्ट्रेलियामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एसोसिएट राष्ट्र नामिबियाले श्रीलंकालाई स्तब्ध पारेको छ। उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले पराजित गरेको छ। खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य लिएर मैदान उत्रेको श्रीलंका १९ औ ओभरमा अल आउट हुदै १०८ रन मै सिमित भएको हो । नामिबियाले श्रीलंकामाथि ऐतिहासिक जित हासिल गरेको हो । आजबाट विश्वकप प्रतियोगिताको पहिलो राउण्डको खेल सुरु भएको हो । पहिलो राउण्डमा ८ टिम सहभागी छन् । समुह ए मा नामिबिया, श्रीलंका, युएई र नेदरल्याण्ड रहेका छन् । त्यस्तै समुह बि मा आयरल्याण्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र जिम्बाबे रहेका छन् । दुवै समुहबाट शिर्ष स्थानमा रहने २ टिम मुख्य प्रतियोगितामा प्रवेश गर्ने छन् । मुख्य प्रतियोगितामा १२ टिम रहने छन् । उनीहरु २ समुहमा रहने छन् । पहिलो समुहमा इंग्ल्यान्ड, न्युजील्याण्ड, अष्ट्रेलिया, अफगानिस्तान, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् । त्यस्तै दोस्रो समुहमा भारत, पाकिस्तान, बंगलादेश, साउथ अफ्रीका, र पहिलो राउण्डबाट आउने २ टोली रहने छन् ।

नेपाल आईसीसीको एकदिवसीय वरीयतामा माथि उक्लियो

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को विश्व वरीयतामा नेपाल माथि उक्लेको छ । आईसीसीले मङ्गलबार जारी गरेको अन्तर्राष्ट्रिय एकदिवसीयको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो । न्युजिल्याण्ड भने पहिलो वरीयतामा यथावत छ । दोस्रोमा इंग्ल्याण्ड, तेस्रोमा अष्ट्रेलिया, चौथोमा भारत, पाँचौंमा दक्षिण अफ्रिका र छैठौंमा पाकिस्तान छ । नयाँ वरीयतामा बङ्गलादेश सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं र अफगानिस्तान १० औं स्थानमा छ । नेदरल्याण्ड्स ११ औं, आयरल्याण्ड १२ औं, जिम्बाबवे १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छ ।

टेष्ट म्याच डे/नाइट खेलाउन भारतको बङलादेशलाई प्रस्ताव

टेष्ट मान्यता प्राप्त भारत र बङलादेश मात्रै टेष्ट क्रिकेट डे/नाइट खेल्न सकेको छैन् । पछिल्लोपटक टेष्ट मान्यता पाएको आयरल्याण्ड र अफगानिस्तान पनि डे/नाइट खेल्न सकेको छैन् ।

कप्तान चम्किँदा आयरल्याण्डविरुद्ध अफगानिस्तानको शानदार जीत

काठमाडौं । आयरल्याण्ड विरुद्धको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तान विजयी भएको छ । मंगलबार राति भएको खेलमा आयरल्याण्डलाई १२६ रनले हराउँदै अफगानिस्तान विजयी भएको हो । ३०६ रनको लक्ष्य पछ्याएको घरेलु टिम ...

अफगानिस्तानविरुद्ध आयरल्याण्डको शानदार जीत

काठमाडौं । अफगानिस्तान विरुद्धको एकदिवसीय खेलको पहिलो म्याचमा आयरल्याण्ड विजयी भएको छ । आइतबार राति भएको खेलमा अफगानिस्तालाई ७३ रनले हराउँदै घरेलु टोली आयरल्याण्ड विजयी भएको हो । २११ रनको लक्ष्य ...

आयरल्याण्ड विरुद्धको तीन एकदिवसीय खेलमा अफगानिस्तानको क्लीनस्वीप

आयरल्याण्ड विरुद्धको तीन एकदिवसीय खेलको श्रृखंला अफगानिस्तानले ह्वाइटवास गरेको छ । सोमबार राति भएको तेस्रो तथा अन्तिम खेलमा पनि अफगानिस्तान २९ रनले विजयी भएपछि सिरीज क्लिनस्वीप गरेको हो । आयरल्याण्डको बेलफेस्टमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय २७ रन बनायो । उसका लागि गुल्बाद...

छनोट खेलमा अाज आयरल्याण्ड र अफगानिस्तान भिड्दै

आगामी वर्ष इङ्ल्याण्डमा हुने एक दिवसीय विश्वकपमा सहभागी हुने दोस्रो टिमको टुंगो शुक्रबार लाग्दैछ। छनोटको अन्तिम खेलमा घरेलु टोली बिहीबार यूएईसँग पराजित भएपछि जिम्बाबेको सम्भावना लगभग सकिएको छ। विश्वकप छनोटअन्तर्गत बिहीबार भएको खेलमा यूएईले सुपर सिक्सको पहिलो जित दर्ता गर्ने क्रममा जिम्बाम्बेलाई डक बर्थ ल...