केही दिनदेखिको वर्षापछि लास्कु खोलामा आएको बाढीको जलस्तर घटे पनि महाकाली नगरपालिकाको लास्कु खोला र बांगबगर क्षेत्रमा कटान रोकिएको छैन । कटान भइरहेको क्षेत्रमा आइतबार बिहानैदेखि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको थियो तर दिउँसोबाट फेरि कटान हुन थालेको हो ।