खुद्रा पैसा नभएको बाहनामा सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम रोकिएन

काठमाडौं । काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घटे पनि खुद्रा पैसा नभएको बाहनामा सार्वजनिक यातायातमा यात्रु ठगिने क्रम रोकिएन छैन् । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो । भाडादर घटेपनि छोटो दूरीका सार्वजनिक यातायातले यात्रुहरुसँग बढी रकम लिने गरेका छन् । अझ खुद्रा नभएको […]

सम्बन्धित सामग्री

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा (रुपन्देही), ४ फागुन । फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो […]

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनीमा २२ जनाले गुमाए ज्यान

भैरहवा (रुपन्देही)- फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु पर्‍यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हुँदा पनि १० जनाले ज्यान गुमाउनु प...

कर्मकाण्डी प्रहरी सुरक्षा योजना

काठमाडौं । सरकारले दशैँमा चल्ने सवारी साधनको यान्त्रिक जाँच गर्ने निर्णय गरेपनि त्यसअनुसार काम नहुँदा सडक दुर्घटनाका कारण दर्जनौ नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्‍यो । चाड मनाउन घर जाने यात्रुलाई सहयोग गर्न दर्जनौं ठाउँमा सहायता कक्ष खोले पनि यात्रु ठगिने क्रम रोकिएन । सरकारी आश्वासन फगतः जनता ठग्ने खेलो प्रमाणित भएको छ । अघिल्ला दशैँमा नागरिकको […]

किन रोकिएन मापसे गरी सवारी चलाउन ? उपत्यकामा एकैदिन एक सय १६ जना पक्राउ

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८३ जना, मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।

वर्ष समीक्षा :  पूर्वाधारमा रोकिएन गति

काठमाडौं । कोभिड–१९ का कारण झन्डै २ वर्ष बिथोलिएको पूर्वाधार निर्माणले २०७८ मा उचाइ लियो । कोभिड संक्रमण कायमै रहे पनि त्यसको दर कम हुँदा विकास निर्माणको गति रोकिन पाएन । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल, ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् जस्ता ठूला आयोजनाको निर्माण सम्पन्न भयो ।  त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प मानिएको गौतमबुद्ध विमानस्थल २०७८ मै सम्पन्न भएको ठूलो र बहुप्रतीक्षित आयोजना हो । यो विमानस्थलबाट २०७९ जेठ २ गतेदेखि अन्तरराष्ट्रिय उडान हुने घोषणा सरकारले गरिसकेको छ । क्यालिब्रेशन उडान सफल भएसँगै उक्त विमानस्थलमा वैशाखबाट व्यावसायिक उडान थाल्ने तयारी गरिएको छ । साढे ६ दशकपछि नेपालले यो वर्ष दोस्रो अन्तरराष्ट्रिय विमानस्थल पायो । यसले पर्यटन पूर्वाधारमा बलियो इँटा थपेको छ । जलविद्युत् क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोशी पनि यसै वर्ष सम्पन्न भयो । तीन दशकदेखि प्रतीक्षा गरिएको मेलम्चीको पानी यसै वर्ष उपत्यका आइपुग्यो । तर, गत असार र साउनको बाढीले मेलम्ची आयोजनाको बाँध क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि पानी रोकिएको छ । क्षतिग्रस्त आयोजनाको मर्मतसम्भार गरी चैत २९ गते मेलम्ची सुरुङबाट फेरि पानी उपत्यका पठाइएको छ ।  वर्षको उत्तरार्द्धतिर पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिले पूर्वाधार निर्माण सुस्त बनायो । कतिसम्म भने निर्माण व्यवसायीले ‘कन्सट्रक्शन होलिडे’ माग गरेका छन् ।  सडक विभागका प्रवक्ता शिव नेपाल सरकारको आफ्नै स्रोतबाट सिद्धबाबा सुरुङमार्ग र ग्वार्कोमा फ्लाइओभर बनाउन ठेक्का सम्झौता हुनुलाई यो वर्षको ठूलो उपलब्धि मान्छन् । यसले नेपालको पूर्वाधारमा नयाँ आयाम थपेको उनको बुझाइ छ । स्वदेशी लगानीमा निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गमा बन्ने ३ सुरुङमार्गको ठेक्का पनि यसै वर्ष लागेको छ । यो वर्ष ठूला र नेपालमा नबनेका पूर्वाधार निर्माणको थालनी भएको छ । यसबाट आगामी वर्षमा यस्ता आयोजना निर्माणले गति लिन सक्ने आधार तयार भएको छ ।  विश्वमा प्रयोगमा आइसकेका पूर्वाधार निर्माणमा नेपाल यसै वर्ष अग्रसर भयो । नेपालले इन्जिनीयरिङ प्रोक्योरमेन्ट कन्सट्रक्शन (ईपीसी) मोडलमा स्वदेशी लगानीमा सिद्धार्थ राजमार्गमा सुरुङमार्ग बनाउन प्रक्रिया शुरू गरेको छ । लामो समयदेखि कागजमा सीमित यो सुरुङमार्ग योजनाले २०७८ मै सार्थकता पाएको छ । सबैको टाउको दुखाइ बनेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बनाइने पूर्वाधारको पनि थालनी भएको छ । सडक विभागले ललितपुरको ग्वार्कोमा फ्लाईओभर बनाउन नेपाली कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । उक्त फ्लाइओभर २ वर्षभित्र सम्पन्न गर्ने योजना छ भने सातदोबाटो, एकान्तकुना जस्ता स्थानमा पनि फ्लाइओभर बनाउने योजना योसँगै शुरू हुनेछन् । नेपालका लागि नयाँ यी पूर्वाधार अन्य देशहरूमा भने प्रयोगमा आइसकेका छन् ।  लगानीसहित प्रविधि भित्र्याउने एमसीसी २०७४ भदौ २९ गते नेपाल सरकार र अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ सम्झौता भएको थियो । तर, त्यो २०७८ मा आएर संसद्बाट अनुमोदन भएको छ । एसीसी सम्झौता संसद्बाट पास गराउन निकै रस्साकस्सी भयो । एमसीसीको अनुदानले विद्युत् र सडक पूर्वाधारमा लगानी ल्याउने मात्र होइन, नेपाली सडकमा नवीनतम प्रविधि पनि ल्याउनेछ । ५५ अर्ब रुपैयाँको यो परियोजनाअन्तर्गत बन्ने सडकमा ‘फुल डेप्थ रिक्लेमेशन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट (सुपरपेभ)’ जस्ता नयाँ प्रविधि प्रयोग हुनेछ । ‘फुल डेप्थ रिक्लेमेशन’ भनेको निर्माण हुने सडकको बालुवा, गिट्टी झिकेर पुनः प्रयोग गर्नु हो । यसमा नयाँ सिमेन्ट मिसाएर पहिलाकै सामग्री पुनः प्रयोग गरिन्छ । यस्तै, ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट (सुपरपेभ)’मा सडकको सतहलाई समतल बनाइन्छ । यो प्रविधि नेपालमा नयाँ हो । ठेक्काको सिलिङमा वृद्धि सार्वजनिक खरीद नियमावलीको ११औं संशोधन २०७८ मै भएको छ । यसले नेपाली निर्माण व्यवसायीको ठेक्का लिन सक्ने क्षमता बढाइदिएको छ । यसबाट नेपाली निर्माण व्यवसायीको काम गर्ने र टेन्डरमा भाग लिन सक्ने क्षमतामा सुधार आउने देखिएको छ । यस्तै, ठेक्का लिन सक्ने व्यवस्थामा समेत सीमा तोकिदिएपछि अब बन्ने निर्माण समयमै सम्पन्न हुने र ठेक्काहरूको समानुपातिक वितरणका साथै आयोजनाहरू रुग्ण बन्ने स्थिति नआउने अपेक्षा गरिएको छ । ठेक्का लिने र होल्ड गर्ने परम्परा एकपटकमा पाँचओटा मात्रै ठेक्का लिन पाउने व्यवस्थाले हटाउने ठानिएको छ । ठेक्काको सीमा १ अर्बबाट बढाएर ३ अर्ब रुपैयाँ पुर्‍याउने व्यवस्था पनि २०७८ देखि लागू भएको छ । तीनओटा अध्यादेशपछि चल्यो रेल कोरोनाकै बीचमा २०७७ असोजमा ल्याइएका २ सेट रेल सञ्चालन पनि २०७८ मै भयो । भ्याटसहित १ अर्ब रुपैयाँ लगानी भएका २६ सय यात्रु क्षमताका दुई रेल प्रयोगविहीन बसेका थिए । फागुनदेखि यात्रु नबोकी चलेका रेल चलाउने कानूनको अभाव टार्न तीन पटकसम्म राष्ट्रपतिबाट अध्यादेश जारी भए । तर, चैतमा पारित भएको अध्यादेशपछि रेल चल्ने वातावरण बन्यो । त्यसलगत्तै भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतबाटै डिजिटल माध्यमबाट चैत १९ गते उद्घाटन गरेर औपचारिक रूपमा जनकपुर–जयनगरमा रेल चलेको छ । समग्रमा २०७८ कोरोना, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको उच्च मूल्यवृद्धिबीच पूर्वाधार निर्माण क्षेत्रमा केही प्रगति भएको छ ।

दश दिनदेखि रोकिएन सुक्खा पहिरो - Naya Patrika

टोपलाल अर्याल/नयाँ पत्रिका पाल्पा–रिडी–तम्घास सडकखण्डअन्तर्गत रेसुंगा नगरपालिका–१३ भँगेरीमा दश दिनदेखि सुक्खा पहिरो गइरहेको छ । १० असोजबाट निरन्तर सुक्खा पहिरो झरिरहँदा उक्त सडकमा आवतजावत गर्ने हजारौँ यात्रु सास्ती व्यहोर्न बाध्य...पूरा पढ्नुहोस् »

हामी कति स्वार्थी!

पाइला राख्ने ठाउँ पनि नभएको बस रोक्नका लागि एक जना अर्धबैँसेले हात दिए । बाह्रबिसेबाट काठमाडौँ जाँदै गरेको उक्त बस रोकिएन । मान्छे राख्ने ठाउँ भैदिएको भए अवश्य रोकिने थियो । ढोकासम्मै यात्रु झुन्डिएका थिए ।

ट्याक्सीमा प्रिन्टर मेसिन जडान पछि पनि ग्राहक ठगिने क्रम रोकिएन

सरकारले ट्याक्सीमा प्रिन्टर मेसिन जडान गर्ने कार्यलाई तीव्रता दिए पनि लागू हुन सकेको छैन । ट्याक्सीमा यात्रा गर्ने यात्रु नठगिउन् भन्ने उद्देश्यका साथ गुणस्तर तथा नापतौल विभागले २०७३ पुस १७ गतेदेखि ट्याक्सीमा मिटर जडान कार्य गरे पनि यात्रुले यात्राका क्रममा बिल पाएका छैनन् । काठमाडौँ रानीबारीकी संगीता श्रेष्ठ रानीबारीबाट बालुवाटारसम्म ट्याक्सीमा जाँदा २०० तिर्नुप¥यो ।…