काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमिति बैठक सबै एजेन्डामा छलफल गर्न समय पर्याप्त नभएपछि शुक्रबारको लागि सरेको छ । विहिबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा विविधसहित २० एजेन्डा रहेका थिए । तर साँझ ७ बजेसम्म पनि बैठकमा ८ एजेन्डामा मात्र छलफल भएपछि शुक्रबारको लागि स्थगित गरिएको हो । […]