अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन (सोमबार)मा बस्ने जानकारी दिए । राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग (एनएसएल) रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँ