अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ विरामी हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पताल हुँदा एन्फा कार्यसमिति बैठक स्थगित भएको छ । अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए । ‘अध्यक्षज्यू विमार पर्नुभयो । उहाँ अस्पताल हुनुहुन्छ । अर्को सूचना न