धनुषा : जनकपुरका उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा खसेको मतभन्दा अधिक मतपत्र भेटिएपछि जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ। वरिष्ठ उपाध्यक्ष पदको मतगणना जारी रहेको समयमा सोही पदका उम्मेदवार सुरेन्द्र भण्डारी पक्षधरले खसेभन्दा बढी मतपत्र फेला परेको भन्दै उजुरी दिएका हुन्। ४३११ मत आएको र यो मतपत्र भन्दा बढी भएको भन्दै निर्वाचन आयोगले धाँधली गरेको आरोप उनीहरूले लगाएका हुन्।भण्डारी पक्षधरले निर्वाचन समितिको विरोध गर्दै मतगणन