भारतमा कोरोनाको दोस्रो लहरले अप्रिल महिनादेखि कहर मच्चाइरहेको छ ।
एक नयाँ अध्ययनले भारतमा जुन महिनामा मात्र कोरोनाको पीक आउने र त्यसपछि संक्रमण दर घट्ने बताएको छ । अर्थात् भारतका लागि मुश्किल समय अझै आउन बाँकी छ ।
हङकङको ब्रोकरेज कम्पनी सीएलएसएको अध्ययनमा कोरोनाको पीक जुन महिनामा आउने भनिएको हो । यो अनुमान अमेरिका, ब्राजिल र बेलायत लगायत १२ देशको विश्लेषणमा आधारित छ ।
ती १२ देशले कोरोनाको दोस्रो लहरको सामना गर्नुपरेको सथयो । ती देशका २ प्रतिशत जनसंख्यामा संक्रमण भएपछि बल्ल कोरोना पीकमा प...