विश्व सम्पदामा सूचीकृत सम्पदा संरक्षणका लागि हनुमानढोका दरबार हेरचाह अड्डा, महानगरीय प्रहरी वृत्त जनसेवा, गुठी संस्थान, पर्यटन प्रहरी, नेपाली सेनालगायतको सुरक्षा घेरा छ । तर, त्यही सुरक्षा घेराभित्रको सम्पदामाथि आक्रमण हुँदा सुरक्षा निकाय बेबखर थिए । २४ सै घण्टा सुरक्षाकर्मी खटिएको स्थानमै नेपालभाषा र संस्कृत भाषामा लिखित ३७३ वर्ष पुरानो मल्लकालीन शिलालेख अज्ञात व्यक्तिबाट तोडफोड भएको हो ।