बजेट नामक भूत

यसै हप्ता अर्थमन्त्री (अम)ले विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता पेश गरे । त्यसमा पर्न पर्ने वा पार्न पर्ने सबै विषय पारे । काम भन्या यस्तै हो, जनतालाई सुनाइदिनुपर्ने कुरा पनि सबै परेका छन् । अब अमले सुशासन पनि गर्दिने रे, आर्थिक वृद्धि पनि गर्दिने रे, नयाँ रोजगारी पनि सृजना गर्दिने रे, सबै सबै गर्दिने रे । तर कसरी भन्ने चाहिँ भन्नै परेन । यत्ति भएसि के चाहियो त ? अमले भनेका कुरा जनताले पत्याएकै छन् । पहिले पहिलेका अम र प्रमले पढ्ने यस्तै खालका निबन्धहरू पनि पत्याउँदै आएकै हुन् क्यारे ! निसास्सिएका व्यवसायी र अत्तालिएका उद्यमी सबैका आँखा नयाँ बजेटमा छ । तैपनि केही त्राण पाइन्छ कि भन्ने आश छ । यही आशमा अर्थतन्त्रको अड्किएको सास छ । तर नउड्ने जेटलाई बजेट भन्छन् गाउँ खाने कथामा । २००८ सालदेखि यस्तो जेट उडाएको उडायै छन् । उहिले यो बजेट सुन्न रैतीका कान रेडियोतिर तेर्सिन्थे । आज अखवार र टिभीतिर आँखा दौडिन्छन् । तर भन्ने र सुन्ने दुवैलाई थाहा छ यो बजेटबाट केही झर्नेवाला छैन । तर पनि न खजाञ्ची अड्डाका काजीहरू बजेट फलाक्न छोड्छन्, न जनताहरू के के न होला भन्दै कान र आँखा तेस्र्याउन नै छोड्छन् ।  तर मलाई भने यो आर्थिक वृद्धिदर अर्थात् जीडीपी भन्ने सुन्नेबित्तिकै डर पो लाग्न थाल्छ भन्या ⁄ किनकि मैले बुझेको जीडीपी भनेको ‘समस्त घरेलु उत्पादन’को रूपमा भोका, नांगा र पीडित जनताका डरलाग्दा अनुहार पो देखापर्छन् त । यिनीहरू कुनै न कुनै घरेलु उत्पादनका खरीदकर्ता नै लाग्छन् । सम्पूर्ण विश्व एउटा बजार हो र सबै जीवहरू यसका उत्पादन हुन् । विकास, बजेट घाटा, राजस्व घाटा आदि शब्दहरू जब बजेट वक्तव्यको कागजबाट हवाईजहाज बनेर अखवार र टिभी च्यानलहरूमा छाउँछन्, यी शब्दहरूले सर्वसाधारण त के भूत पनि डराउँछन् होला । नेपालमा बजेट भनेको सरकारी कर्मचारीको बढेको तलब र जनतालाई थोपरिदिएको थप करबाहेक अरू थोक के नै पो हुन्छ र ? त्यसैले जब जब सरकारले नीति तथा कार्यक्रम ल्याउँछ वा बजेट पढ्छ, तब तब चारै दिशामा महँगीको गीत सुनिन थाल्छ । चुरोट, मदिरामा थप अन्तःशुल्क, गाडीमा थप भन्सार, साडीमा थप करको संसार, आदि आदि । तर जताबाट जे गरे पनि सरकारको खातापातामा केवल घाटै घाटा मात्र देखिन्छ । अनि सर्वसाधारण मानिसको जिन्दगीको घाटा एउटा ठूलै घटनाको रूपमा घटित हुन थाल्छ । सूचकांक, नेप्से, पूँजीबजार, भुक्तानी सन्तुलन, कर्पोरेट ट्याक्स, पूँजीगत लाभकर, मूल्य अभिवृद्धि कर, शोधनान्तर घाटा, रेमिट्यान्स आदि जस्ता शब्दहरू यस्ता भयंकर सुनिन्छन् कि कुनै पनि पनि अपराधी र हत्याका आरोपीलाई आफ्नो अपराध स्वीकार गराउनका लागि यातनाको रूपमा प्रयोग गर्न सकिन्छ । अझ अर्थमन्त्रीले विकास बजेट, राजस्व संकलन, आर्थिक विकास जस्ता शब्दहरू संसद्मा बोलिरहँदा यस्तो लाग्छ कि उनलाई पखाला लागिरहेको छ, तर उनी शंख फुक्न विवश छन् । शंख पनि बजाइरहनै पर्‍या छ, अनि पखाला पनि रोक्नु परिराछ । यही नै हो बजेटको जादू । बजेटमा प्रयोग हुने शब्दहरू बुझ्न र मर्नमा कुनै एउटा चैं छान्नुपर्‍यो भने म त बाजागाजाका साथ श्मशान घाट जान धेरै उचित सम्झन्छु । यो नीति तथा कार्यक्रम वा बजेटमा प्रयुक्त हुने शब्दहरू सुन्दा सुन्दा यस्तो लाग्छ कि बजेटीय संसार एकदम बुद्धिमान् छ र म चाहिँ एउटा मूर्ख, दुष्ट र अधम टाइपको जन्तु हुँ । यदि जंगलमा कुनै मान्छे भूतको फेला पर्‍यो भने त्यसबेला अर्थमन्त्रीले बोल्ने र बजेटमा प्रयोग हुने शब्दहरू उसले उच्चारण गर्दियो भने भूत आफ्ना अदृश्य खुट्टाहरू टाउकामाथि राखेर पक्कै कुलेलाम ठोक्छन् होला । त्यसैले त बजेट भन्नासाथ सर्वसाधारण पनि भूत आयो भनेर तर्सिने अवस्था छ । जस्तै, बजेटमा प्रयोग हुने इनकमको मतलब ‘पैसा इन हुन्छ कम’ भन्ने बुझिन्छ । आयकरको अर्थ यस्तो ध्वनित हुन्छ कि ‘आयो र कर गरी गरी रकम लिएर गयो ।’ तर दुवै शब्दमा जनतासँग भएको रुपियाँ पैसा जाने कुरा नै हुन्छ । अझ भनौं बजेटको मतलब करको भारले लादिएको ब्रिफकेसभित्रको किताब हुन्छ । त्यसभित्र झटपट तयार गरिएका कर्मकाण्डी, भट्किलो र जनतालाई अझ लाचार बनाउने, महँगी बढाउने सरकारी दस्ताबेज भन्ने भाव आउँछ । अझ बजेटलाई यसरी परिभाषित गर्दा उचित होला । बजेट भनेको गफैगफको पोको रहेछ  थोरै तल–वितलमै फुट्ने फोको रहेछ यो गर्छु र त्यो गर्छु भन्दा भन्दै सकिने  वास्तविकता कम धेरै मनको धोको रहेछ ।

सम्बन्धित सामग्री

कमला नदीमा लाग्यो अनौठो ‘भूत मेला’

लहान : कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्याउने कमला नदीमा अनौठो भूत मेला लागेको छ।कार्तिक पूर्णिमाका अवसरमा गरिने कमला स्नानको परम्पराले अत्यधिक भक्तालु आकर्षित गर्छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ।पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आएका छन्। मेलाका अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुबनी, दरभं

उपमहानगरले भत्कायो ‘भूत’ को घर

धनगढी उपमहानगरपालिका-४ देवरियामा रहेको सड्वा बाबा प्राकृतिक ताल कब्जा गरी रामबकस राना उर्फ भूत राना समूहले बनाएको निर्माणाधीन घर उपमहानगरपालिकाले भत्काएको छ।...

कमला नदीमा भूत मेला

२२ कात्तिक, जनकपुरधाम । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो । घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् । कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने […]

नेवार समुदायले ‘भूत’ भगाएर मनाए गठेमंगल

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आगो बालेर ‘भूत’ भगाएका छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै […]

पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा

सिन्धुपाल्चोक – सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत। भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ। सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ। नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान्। तर, नाम अनुसारको ठाउँ भने देखिँदैन। सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा। ओझेलमा पर्दै […]

फुर्के भूत

‘फुर्के भूत पनि हुँदोरहेछ!’ सनमायाको अन्तरात्मा डरायो। कयौंपटक राति उसको हजुरभित्रको मौन भूतको उपद्रोह सम्झिदा सनमाया भयले खुम्चिन्छे। त्यो दृश्यमा उसले भूतको अवतार देखेकी थिई।...

भूत आउने दरबार !

स्विडेनका राजपरिवारका सदस्यहरुमध्ये एउटा परिवारको दरबारमा बारम्बार भूत आएको खबर सार्वजनिक भयो । रोचक पक्ष यो छ कि त्यो भूतले आक्रमण गर्ने वा सताउने नगरेको उल्लेख भयो । भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्विडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयम्ले जानकारी गराइन् । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा […]

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङ, १२ भदौ: ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी-रासस

पापुङमा रहेको भूत पोखरी

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका– ५ स्थित पापुङमा पर्ने भूत पोखरी । सोदु पोखरी नजिकै रहेको भुत पोखरीलाई धार्मिक हिसाबले समेत महत्त्वपूर्ण रुपमा लिने गरिएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

गठेमंगल पर्व : भक्तपुरमा ‘भूत’ भगाइयो

२२ साउन, भक्तपुर । काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल पर्व मनाएका छन् । गठेमंगललाई घण्टाकर्ण पर्व पनि भनिन्छ । यसलाई भूत भगाउने पर्वको रुपमा पनि चिनिन्छ । शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न टोल टोलमा युवाहरु जम्मा भई साँझ आँगो बालेर भूत भगाउने गर्छन् । पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर […]