यसबाट वार्षिक रुपमा प्रतिबिघा रु सात लाखदेखि रु नौ लाखसम्मको केरा बिक्री हुने गरेको छ । केराखेती गर्दा प्रतिबिघा लागत खर्च रु तीन लाख ५० हजारजति लाग्ने गरेको छ । लागत खर्च कटाएर रु पाँच लाखदेखि सात लाखसम्म आम्दानी हुने गरेको छ ।
ताप्लेजुङको ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ । …
नेपाली सेनाबाट सेवानिवृत्त एक जनाले लेयर्स कुुखुरा पालेर अण्डा बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आम्दानी गर्नेमा भानु नगरपालिका –६ मूलपानीका वसन्तबहादुर खड्का हुनुहुन्छ ।
तनहुँका झलकबहादुर आलेको सो फार्ममा अहिले रु १५ लाख मूल्य बराबरका बंगुर, सुंगुर रहेका छन् । व्यास नगरपालिका-५ चापाघाटस्थित सिर्दीमा रु २२ लाखमा दश रोपनी जग्गा किनेर बंगुरपालन व्यवसाय शुरू गरेका आलले मासु र पाठापाठी बेचेर दैनिक रु ४० हजारदेखि एक लाख लाखसम्मको कारोवार गर्छ । ‘फार्म’मा लगानी बढेर अहिले करिब एक करोड पुगेको अनुमान उनको छ ।