एक दशक विदेशी भूमिमा बसेर फर्किनुभएका दुई युवाले तरकारी खेतीबाट मासिक एक लाख रुपियाँ आम्दानी गर्नुभएको छ । जिल्लाको रामपुर–४, देवीस्थानका दिलबहादुर थापा र लालबहादुर थापाले तरकारी खेतीबाट मासिक एक लाख आम्दानी गर्नुभएको हो ।
गाउँ नै खाली गरेर रोजगारीको लागि युवा खाडी मुलुक पुग्ने गरेका छन्। तर, जुम्लाका एक युवाले भने तरकारी खेतीबाट राम्रै आम्दानी गर्दै आइरहेका छन्।
स्थानीय स्तरमा उत्पादित तरकारीले बजार भाउ राम्रो...
माघ १, धनकुटा । धनकुटा नगरपालिका ४ ठोकाका श्रवण कुमार आठपहरिया बारीमा रहेका काउली, खोर्सानी टिपेर बेच्ने तयारीमा छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’
आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । तरकारी बेचेर यो वर्ष ७ लाख घर भित्रिने उनको अनुमान छ । अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । आठपहरिया मात्रै होइन, ठोकाका अधिकांश कृषकले सिजन अनुसारको तरकारी बाली लगाउने गरेका छन् ।
केही क्षेत्रफलमा अकबरे खोर्सानी लगाउँदै आएका सोही ठाउँका सुजन आठपहरियाको परिवारले ६ महीनाको अवधिमा ७ लाखको अकबरे खोर्सानी बेचिसकेका छन् । ‘विक्री नहुने सम्भावना नै छैन,’ उनले भने, ‘बारीमै अकबरे खोर्सानी उठाउन आउँछन् ।’
श्रवण र सुजनजस्ता वैदेशिक रोजगारीबाट फर्केका धनकुटाको ठोकाका युवाले गाउँ नै तरकारीमय बनाएका छन् । ठोकाका अधिकांश युवा वैदेशिक रोजगारबाट फर्केर अरुलाई प्रोत्साहन गर्दै तरकारी खेती गरिरहेका हुन् । धनकुटामा वैदेशिक रोजगारबाट फर्केका युवा कृषि कर्ममा लाग्ने चलन बढ्न थालेको छ ।
तरकारी खेतीमा लागेर धनकुटाको ठोकाका युवाले गाउँलाई नै तरकारीमय बनाएका छन् । युवाले आलु, काउली, बन्दा, प्याज, टमटर, अकबरे खुर्सानी लगायत तरकारी उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेका छन् । विदेशमा हुने कमाइभन्दा तरकारी खेतीबाट यहीँ राम्रो आम्दानी हुने गरेको उनीहरुको अनुभव छ ।
तरकारी विक्री गरी कमाएको पैसाले दैनिक घरखर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न थालेका छन् ।
विदेशको रोजगारी छोडेर स्वदेशमै अर्गानिक तरकारी खेतीमा धनकुटाको ठोकाको युवाको आकर्षण बढ्न थालेको छ । व्यवसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । छोटो समयमा राम्रो आम्दानी हुन् थालेपछि विदेशिन लागेका युवा पनि तरकारी खेतीमा आकर्षित हुन थालेका छन् ।
रसायनिक विषादी प्रयोग गरेका तरकारीले स्वास्थ्यमा प्रतिकुल असर परेकोले विदेशबाट फर्केका युवाले अर्गानिक तरकारी खेतीमा ध्यान दिएको कृषक अगमशेर आठपहरियाले बताए । रसायनिक विषादी प्रयोग बन्द गरेर वनस्पतीका पातहरुबाट बनाइएको जैविक विषादी प्रयोग गरिरहेको उनको भनाइ छ ।
धनकुटा नगरपालिका वडा नं. ४ ले ठोका क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषणा गरेपछि खेती गर्नेको संख्या बढेको छ । धनकुटा नगरपालिका–४ का वडाध्यक्ष जमशेर आठपहरियाका अनुसार ठोकाका स्थानीय किसानले तरकारी बेचेर मात्रै वार्षिक एक करोड रुपैयाँभन्दा बढी गाउँ भित्र्याउने गरेका छन् ।
‘कृषि पकेट क्षेत्र कार्यक्रम मार्फत वडाले केही बजेट विनियोजन गरेको छ ।’ वडाध्यक्ष आठपहरियाले भने, ‘त्यस्तै कृषि ज्ञान केन्द्रबाट मिनिटिलर टनेल लगायतका सामग्री वितरण भएको छ । यसले कृषकको आम्दानी झन् बढ्ने अनुमान छ ।’
ठोकाका अधिकांश स्थानीयले तरकारी खेती गरिरहेका छन् । किसानले उत्पादन गरेका तरकारी धनकुटा बजारसहित तराईका विभिन्न जिल्लामा पुग्ने गरेको छ । किसानले उत्पादन गरेको तरकारी लिन व्यापारीहरु गाडी लिएर गाउँमै आउने गरेको वडाध्यक्ष आठपहरियाले बताए ।
अरबका खाडीमा खाइनखाइ पसिना बगाएर दशनङ्ग्रा खियाउँदा पनि राम्रो कमाइ गर्न नसकेपछि गाउँमा फर्किएर तरकारी र फलफूलखेती गरेका म्याग्दीका केही युवाले खाडीमा भन्दा तीन गुणाबढी आम्दानी गरेर मनमा सन्तोष र मुहारमा खुसी फर्काउन सफल भएका छन् ।
बझाङ – तलकाेट गाँउपालिका वडा १ सुनिकोटका राजेन्द्र ऐडी सँगैका दौँतरीहरू काेही भारतको विभिन्न सहरमा त काेही खाडी देशमा पुगेर विभिन्न मजदुरीको काम गरिरहेका छन् । तर राजेन्द्र ऐडी भने आफ्नै घर परिवारसँगै रमाएर मासिक ३५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै हुनुहुन्छ । त्याे पनि गाउँकै युवाले हेला गरेकाे कृषि क्षेत्रबाट ।
उहाँको घर आँगन वरपर विभिन्न प्रजातिका फलफूल, करेसाबारी, नर्सरी तथा तरकारी खेती छ । उहाँ बिहानदेखि बेलुकासम्म त्यही नर्सरी, मौसमी तथा बेमौसमी तरकारी खेती, अन्य फ...
वैदेशिक रोजगारीबाट फर्किएका बाँकेका युवा कृषक तुल्सीराम थारु ११ कट्ठा जमिनमा तरकारी खेती गरेर राम्रो आम्दानी गरेका छन् ।उनले तरकारीको टनेलमा प्रयोग गरिने डोरी कुहिएर जान थालेपछि खेर गएका कोकाकोला,पेप्सी लगायतका प्लास्टिकका बोतलबाट डोरी बनाएर सिर्जनशिल तरीकाले टनेलमा प्रयोग पनि गरेका छन् । सरकारले वातावरण बनाइदिए कृषिमा संलग्न भएर धेरै युवाले मनग्य आम्दानी गर्न सक्ने […]
पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएका तीन जना युवाले गाउँमै कृषि पेशबाट आम्दानी गर्न सफल भएका छन् । वैदेहिक रोजगारीबाट फर्किएपछि गाउँमा रहेको बाँझो जमिनको सदुपयोग गर्दै कुखुरा पालन तथा तथा तरकारी खेती गरेर वैदेशिक रोजगारीमा भन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
धादिङका एक युवाले व्यवसायिक तरकारी खेती गरेर समाजमा उदाहरणीय बनेका छन् । वैदेशिक रोजगारीमा गएर स्वदेश फर्किएका बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ खहरेका लक्ष्मण गुरुङले अहिले गाउँमै व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन् ।
निर्वाहमुखी कृषिबाट परिवारको प्रगति नहुने निष्कर्षसहित २०६१ सालको सुरुमै मलेसिया हानिए गुरुङ । साहुसँग ब्याजमा ऋण लिएर १ लाख १० हजार म्यानपावर कम्पनीमा दाखिला गरेर मनभरी धन कमाउने अभिलाषा बोकेर उनी मलेसिया पुगे । त्यतिबेला उनको शुरुवाती तलव ४ सय ८१ रिंगेट थियो ।
नेपालमा राम्रो रोजगारीको खोजी गर्दै विदेश जाने यु्वाको संख्या दैनिक रूपमा बढिरहेको छ । दैनिक १५ सयका दरले विदेशिने युवामध्ये कुनैले त राम्रो कमाइ गर्न सफल पनि भएका छन् भने कतिपय युवाले दुःख पाउँदै न आम्दानी न त राम्रो स्वास्थ्य हुनुपर्ने बाध्यात्मक परिस्थिति हामीले देखिरहेका छौं ।
३० फागुन, बर्दिवास । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् ।
रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् ।
‘पासपोर्ट …