श्रममन्त्री श्रेष्ठ आबुधावीमा : आज नेपाल -युएई संयुक्त समितिको बैठक बस्दै

नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठक आज हुँदैछ । यूएईको राजधानी आबुधाबीमा बस्ने नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्ने कार्यक्रम छ ।उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने छन् । बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वय