काठमाडौं : कोभिड-१९ का कारण ठप्प भएको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्न थालेको छ।पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको पर्वतारोहण कोरोनाका कारण गत दुई वर्षको वसन्त ऋतुमा नगण्य थियो। तर यस वर्षको चैत-वैशाख महिनामा हिमाल तथा पिक आरोहण र पदयात्राका लागि विदेशी पर्यटकहरु धमाधम आउन थालेका छन्।आन्तरिक पर्यटकहरु पनि उल्लेख्य संख्यामा भ्रमणमा निस्केका छन्। अहिले पर्वतारोहणको मुख्य सिजन भएकाले पनि विश्वकै सर्वोच्च शिखर सगरमाथासहित १९ हिमाल आरोहणका लागि चैत ३० गते बुधबारसम्ममा