अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकन बेइजिङ पुगेका छन्। चीनको दुई दिने भ्रमणका क्रममा उनी आज बेइजिङ पुगेका हुन्। उत्तर अमेरिकी र ओसिनिया मामिला हेर्ने विभागका प्रमुख याङ ताओले ब्लिंकनलाई विमानस्थलमा स्वागत गरेका थिए।
ब्लिंकनले चीनमा रहँदा चिनियाँ विदेश मन्त्री छिन काङ र अन्य वरिष्ठ सरकारी अधिकारीहरु सँग भेटवार्ता गर्नेछन्।
ताइवान,…
काठमाडौँ । आज काठमाडौं आउन लागेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन्। बालुवाटार स्रोतका अनुसार शुक्रबार दिउँसो तीन बजे उनले प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम तय भएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री लु बिहीबार अपराह्न साढे चार बजेतिर काठमाडौं आइपुग्ने छन्। उनी काठमाडौंमा हुने […]
काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । शनिवार साँझ बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो। भेटमा परराष्ट्र मन्त्री नारायण खड्का पनि सहभागी भएका छन्। यसअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबिच द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर […]
काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो ।
भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।
विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको...
काठमाडौँ । चिनियाँ विदेश मन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने निश्चित भएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले सोमबार बताएको छ । नेपाल भ्रमणका क्रममा विदेश मन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् । यस्तै परराष्ट्र मन्त्री खड्कासँग दुई […]
काठमाण्डाै – साउदी अरेबियाका विदेश मन्त्री फाइसल विन फहरन अल साउद दुई दिने नेपाल भ्रमणमा आउनुहुने भएकाे छ । विदेश मन्त्री अल साउद भाेलि साेमवार दुई दिने भ्रमणका लागि नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु हुने मन्त्रालयले निकालेकाे विज्ञप्तिमा उल्लेख छ । यस्तै परराष्ट्र मन्त्री डा. नारायण खड्का र उहाँबीच पनि भेट हुनेछ । परराष्ट्र मन्त्री खड्काले साउदी अरेबियाका विदेश मन्त्रीकाे सम्मानमा दिवाभाेजकाे आयाेजना गर्नुह...
रुसका विदेश मन्त्री सर्गेई लाभरोभले पश्चिमा देशहरूकै कारण आणविक हतियारसहितको तेस्रो विश्वयुद्धको जोखिम भएको बताउनुभएको छ ।
आज बिहीवार मस्कोमा भएको पत्रकार सम्मेलनमा बाेल्दै विदेश मन्त्री लाभरोभले पश्चिमा देशका केही नेताहरूले आणविक युद्धमा जान उक्साइरहेको र यसकै कारण तेस्रो विश्वयुद्धको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका क्रियाकलाप र रुसमाथिको प्रतिबन्ध हेर्दा यसको विकल्प तेस्रो विश्वयुद्ध देखिएको लाभरोभको भनाइ छ । विदेश मन्त्री लाभरोभले आणविक हतियारसहितको तेस्रो विश्वय...
५ पुस, काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकासँग स्वस्थ प्रतिस्पर्धा गर्न चीन तयार रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा बोल्दै विदेश मन्त्री यीले अमेरिकासँग आफूहरू प्रतिस्पर्धा गर्न तयार रहेको तर प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताएका हुन् । अमेरिकासँगको सहकार्यलाई चीनले स्वागत गर्ने पनि उनको भनाइ छ । त्यस्तै, चीनले अमेरिकासँग समान हैसियतका आधारमा […]
अमेरिकी पूर्व विदेश मन्त्री कोलिन पावेलको कोरोनाबाट निधन भएको छ । अमेरिकामा अक्टोवर १८ तारिकका दिन ८४ बर्षको उमेरमा उन्को निधन भएको परिवारले बताएका छन । परिवारले एक वक्तव्य निकाली पावेलले कोरोनाको पूर्ण खोप पनि लगाएको जनाएका छन । उनी कोरोनाको समस्याबाट निधन भएको परिवारले वक्तव्यमा उल्लेख गरेका छन । पावेल रिपव्लिकन दलका हुन भने […]
The post अमेरिकी पूर्व विदेश मन्त्री पावेलको कोरोनाबाट निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.