लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि गुल्मी दरबार गाउँपालिका–३, वीरबासकी रुचि मिदुन (नाम परिवर्तन) एक वर्षदेखि गाउँमा छैनन् । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले रुचिलाई ‘भगौडा’ को सूचीमा राखेको छ । ग्लोबल आईएमईले बेलाबेला घरैमा पुगेर रुचिका सासू–ससुरालाई ऋण नतिरे घर लिलाम गरिदिने चेतावनी दिन्छ ।