शिक्षामन्त्री र सचिवको स्वीकारोक्ति : विद्यालयमा पर्याप्त शिक्षक दिन सकेनौं

३ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा पर्याप्त विषयगत शिक्षक दिन नसकेको स्वीकार गरेको छ । विषयगत शिक्षक दिन नसक्दा त्यसको असर माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा देखिएको सरकारको स्वीकारोक्ति छ । बुधबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले एसईईमा गणित, विज्ञान र अंग्रेजीमा नतिजा कमजोर देखिएको भन्दै […]

सम्बन्धित सामग्री

प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने

सरकारी शिक्षकका रुपमा सामुदायिक विद्यालयमा पढाउने तर आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने परिपाटीको चर्को आलोचना भैरहेको छ । यसबीच तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गतका विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले छोराछोरी सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेका छन् । गाउँपालिका भित्रका विद्यालयका प्रधानाध्यापकको बैठकले आगामी शैक्षिकसत्रदेखि प्रधानाध्यापक, शिक्षक र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्यरूपमा सामुदायिक विद्यालयमै पढाउनुपर्ने निर्णय गरेको …

विद्यालयमा दक्ष शिक्षक नहुँदा कम्प्युटर ल्याब प्रयोगविहीन

प्यूठान । प्यूठानका अधिकांश विद्यालयमा दक्ष शिक्षक नहुँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको छ । आइसीटीका लागी सरकारले लाखौ रुपैयाँ खर्च गरेर विद्यालयमा कम्प्यूटर ल्यावको व्यवस्था गराएपनि अधिकांश विद्यालयमा दक्ष शिक्षक नहँदा कम्प्युटर ल्याब प्रयोगविहीन भएको हो । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ६ देखि कम्प्युटर शिक्षा पढाई हुने गरेको छ भने कक्षा ९ र १० मा […]

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार

काठमाडौं, माघ ११ । एउटै कोठामा धेरै कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता। पालिकाले आन्तरिक रूपमै केही शिक्षक नियुक्ति गरे पनि अझै अपुग छ। विद्यालय पुग्न घण्टौं लाग्छ। विद्यालयमा आवासीय सुविधा पनि छैन। यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् शिक्षक। सबै जनालाई एकै कोठामा राखेर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ। भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन र […]

विद्यालयमा छैनन् दरबन्दी अनुसार शिक्षक, कक्षा चलाउनै समस्या

१० असोज, काठमाडौं । शिक्षा ऐनले उच्च मावि तह (१२ कक्षा) सम्मको विद्यालयमा ७, माध्यमिक तह (कक्षा १०) मा ५ र निमाविमा तह (१–८) सम्म न्यूनतम ४ शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । त्यस्तै प्राविमा १–५ कक्षा भएकोमा ३ जना र १–३ सञ्चालन भएकोमा २ जना न्यूनतम शिक्षक हुनुपर्ने व्यवस्था छ । तर, कतिपय विद्यालयमा […]

शिक्षक बने मेयरको पीए, विद्यालयमा खेताला !

२३ साउन, विराटनगर । विराटनगर महानगरपालिकाले स्थायी शिक्षकलाई मेयरको सचिवालयमा बोलाएर विद्यालयमा खेतला शिक्षक पठाएको छ । प्राथमिक तहका शिक्षक डिकप्रसाद घिमिरेलाई मेयर नागेश कोइरालाको सचिवालयमा काज सरुवा गरेर विद्यालयमा खेताला (सट्टा शिक्षक) पठाएको हो । महेन्द्र माध्यमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक घिमिरेलाई गत जेठमा मेयर कोइरालाले आफ्नो सचिवालयमा ल्याएका हुन् । घिमिरेको स्थानमा […]

वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त

अर्घाखाँची– अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।  सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्बर १० कै […]

दुर्गमका विद्यालयः न शिक्षक न त छन् विद्यार्थी

हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका ५ स्थित जलेश्वर प्राथमिक विद्यालयमा २९ विद्यार्थी अध्ययनरत छन्। भौगोलिक हिसाबमा वडाको सबैभन्दा माथि डाँडामा रहेको विद्यालयमा शिक्षक नहुँदा एउटै कक्षामा बहुकक्षा गरेर पढाइन्छ। विद्यालयमा १, २ र ५ कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर  पढाउनुपर्ने अवस्था छ। विद्यार्थी पनि कम र शिक्षक पनि नहुँदा यस्तो अवस्था…

संस्कृत पढाउने विद्यालयमा शिक्षक अभाव

कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ । खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरुकुल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरुको अभाव भएको हो । विसं २०७० महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरुकुल विद्यालय स्थापना गरिएको थियो ।  पहिलो चरणमा कक्षा दुई सम्मको अध्ययन अनुमति जिल्ला शिक्षा कार्यालयबाट लिइएकामा  हाल कक्षा छ सम्मको अध्यापन हुने भए एक जना पनि संस्कृत शिक्षक नभएको विद्यालय व्यवस्था

शिक्षक र कर्मचारीहरुलाई बुस्टर डोज खोप उपलव्ध गराउन नेपाल शिक्षक संघको माग

नेपाल शिक्षक संघले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई पनि अतिरिक्तमात्रा (बुस्टर डोज) खोप दिन सरकारसँग माग गरेको छ।

शिक्षक छनोटमा लफडा : अनुत्तीर्ण भएपछि विद्यालयमा आक्रमण, प्रश्नपत्र च्याते

धनगढी : कैलालीको एक विद्यालयमा शिक्षक छनोटको विषयलाई लिएर लफडा भएको छ।धनगढी उपमहानगरपालिका १९ मा रहेको फूलबारी माविमा शिक्षक छनोटका क्रममा आफू निकटका व्यक्ति बस्तुगत परीक्षामा अनुत्तीर्ण भएको भन्दै विद्यालयमा आक्रमणसमेत गरिएको छ।धनगढी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको फूलबारी माविमा अनुत्तीर्ण भएका व्यक्तिका आफन्तले आक्रमण गरेका हुन्। राहत करारमा शिक्षक छनोट गर्न बुधबार सुरुमा बस्तुगत परीक्षा सञ्चालन भएको थियो। जसमा १० जना उम्मेदवार सहभागी भए। १० जनामध्ये विकास खड्का र सन्तराम चौधरी