वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त

अर्घाखाँची– अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।  सन्धिखर्क नगरपालिका-१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्बर १० कै […]

सम्बन्धित सामग्री

दिवा खाजाको बजेट शिक्षकलाई पारिश्रमिक

सिमकोट- सरकारले बालबालिकाहरूका लागि उपलब्ध गराउँदै आएको दिवा खाजाको बजेटबाट शिक्षकलाई पारिश्रमिक दिँदै आएको भेटिएको छ। सिमकोट गाउँपालिका- ८ को साँता याङ्गु गाउँको बलभद्र आधारभूत विद्यालयले २०७३ सालबाट विद्यार्थीहरूलाई उपलब्ध हुने खाताको रकमबाट शिक्षक नियुक्त गरेर पारिश्रमिक दिने गरिएको भेटिएको हो। विद्यालयमा शिक्षक दरबन्दी कम र विद्यार्थी चाप बढी हुँदा निजी स्राेतबाट शिक्षक नियुक्त गरी […]

शिक्षकले राजीनामा दिएर चुनाव लडे, हारेपछि निवेदनकै भरमा फेरि नियुक्ति

कपिलवस्तु- निर्वाचनमा पराजय भोगेका कपिलवस्तुका एक शिक्षकलाई प्रक्रिया मिचेर पुनर्नियुक्ति दिइएको छ । क पिलवस्तुको कृष्णनगर नगरपालिका ९ राम गोरखा माध्यमिक विद्यालयमा अध्यापन गराउने अजित कुमार सिंहलाई व्यवस्थापन समितिले सोझै नियुक्त गरेको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह अध्यक्ष रहेको व्यवस्थापन समितिले निवेदनको भरमा शिक्षक नियुक्त गरेको छ । स्थानीय तहको निर्वाचनमा महाराजगन्ज नगरपालिका […]

६ माविमा शिक्षक दरबन्दी शून्य

रोल्पाको सुनछहरी गाउँपालिकाका ६ वटा माध्यमिक विद्यालयमा माध्यमिक शिक्षकको दरबन्दी छैन । यहाँ सञ्चालित सबै माविमा अभिभावकले संकलन गरेको स्रोतबाट करारमा शिक्षक नियुक्त गरिएका छन् । गाउँपालिकाभरिकै मावि करार शिक्षकको भरमा छन् ।

शिक्षक पाउनै मुस्किल

काभ्रेको भुम्लु गाउँपालिका–२ सिम्थलीमा रहेको अरुणोदय माध्यमिक विद्यालयमा गणित शिक्षक खाली रहेको एक वर्ष भइसकेको छ । पटक–पटक विद्यालयले शिक्षक आवश्यकताको सूचना प्रकाशन गरे पनि उक्त विद्यालयले गणित शिक्षक नियुक्त गर्न सकेको छैन ।

मनाङका स्थानीय तहमा पनि बेरुजू : विद्यार्थी नै नभएका विद्यालयमा शिक्षकलाई तलब

मनाङ । मनाङका स्थानीय तहमा पनि बेरुजू रकम देखिएको छ । यहाँका चारओटै पालिकामा बेरुजू रकम देखिएको छ । यो बेरुजू सबैभन्दा धेरै शिक्षा क्षेत्रमा रहेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण भइरहेको भए पनि निर्माणका क्रममा अनियमितता बढ्दो देखिएको हो ।   नेपालको विकट जिल्ला मानिने मनाङको शैक्षिक गुणस्तर वृद्धि र सामुदायिक भवन निर्माण तथा अनुदानमा अनियमितता रहेको पाइएको छ । आवश्यक कागजात तथा सकल बिल भरपाई पूरा नहुँदा यहाँ अनियमितता बढ्दै महालेखा परीक्षकको कार्यालयद्वारा हालै सार्वजनिक गरिएको ५८औं लेखा परीक्षण प्रतिवदेनमा उल्लेख छ । आर्थिक वर्ष २०७६/७७ मा सदरमुकाम चामे गाउँपालिकामा २ करोड २३ लाख ७५ हजार बेरुजू देखिएको छ । त्यसमध्ये असुल गर्नुपर्ने ७ लाख ४२ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २१ लाख ९३ र नियमित गर्नुपर्ने १ करोड ९४ लाख ४० हजार बेरुजू रहेको छ । सो प्रतिवेदनमा गाउँपालिकाले लोकप्रिय माविको आवासीय भवन निर्माणका लागि ३९ लाख पेश्कीमा ६१ लाख ७५ हजार भुक्तानी गरेको पाइएको छ । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा २ करोड १० लाख १४ हजार बेरुजू देखिएको छ । यसमध्ये असुल गर्नुपर्ने ३८ लाख ९४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ४८ लाख ६८ हजार र नियमित गर्नुपर्ने १ करोड चार लाख ५२ हजार र पेश्की १८ लाख बेरुजू देखिएको छ । महालेखा परीक्षणका अनुसार ङिस्याङले पनि विद्यालय अनुदानमा बढी भुक्तान गरेको र पेश्की फछ्र्योट नभएको देखाएको छ ।     मनाङको प्रवेशद्वार नासो गाउँपालिकामा २ करोड ३५ लाख ७६ हजार अनियमितता भएको पाइएको छ । यसमध्ये असुल गर्नुपर्ने १२ लाख ७१ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड ४ लाख २४ हजार, नियमित गर्नुपर्ने १ करोड १८ लाख ८१ हजार बेरुजू छ । गाउँपालिकाले विद्यालय अनुदानमा ३० लाख ३१ हजार ४३० खर्च गरेकोमा बिल भरपाई प्रतिवेदनमा पेश नभएको महालेखा परीक्षणमा देखिएको उल्लेख छ । नासोंको भ्रमण खर्चमा अनियमितता भएको प्रतिवेदनमा देखिएको छ । त्यस्तै हालसम्म पनि सडक सञ्जालले छुन नसकेको गाउँपालिका नार्पा भूमिमा २ करोड ७३ लाख ६ हजार बेरुजू भएको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्ने २० लाख ३८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने १ करोड २ लाख ३० हजार, नियमित गर्नुपर्ने १ करोड ५० लाख ८ हजार बेरुजू देखिएको छ । गाउँपालिकाले पेश्की फछ्र्योट तथा बेरुजू संपरीक्षण गर्नुपर्ने भए पनि नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औं प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ ।    प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलब, भत्तालगायत सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार निकासा गर्दै आएको प्रतिवेदनमा पाइएको छ । यस्तै ङिस्याङ गाउँपालिकाअन्तर्गतको ङावल आधारभूत विद्यालयमा विद्यार्थी नै नभएको र विद्यालयका आठ स्थायी शिक्षकका लागि तलबभत्तालगायतका सुविधा दिइएको प्रतिवेदनमा पाइएको छ । शिक्षकको तलबभत्तासहितको सुविधाबापत गाउँपालिकाले वार्षिक ३५ लाख ८६ हजार निकासा गरेको प्रतिवेदनमा देखिएको छ । यी र यस्तै कार्यले गर्दा स्थानीय तहमा बेरुजू बढ्दो देखिएको हो । रासस

विद्यार्थी नै नभएको विद्यालयका शिक्षकलाई तलब

मनाङमा विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ । महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ । प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ । मनाङको फु आधारभूत विद्यालयमा बालविकास बाहेक अन्य विद्यार्थी छैनन् तर …

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकलाई लाखौं तलब

मनाङ : विद्यार्थी नै नभएको विद्यालयमा शिक्षक नियुक्त र तलबभत्ता वितरण गरिएको पाइएको छ। महालेखा परीक्षणको ५८औँ प्रतिवदेनका अनुसार विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीको शिक्षक नियुक्त गरिएको पाइएको छ।प्रतिवेदनमा विद्यार्थी नभएको विद्यालयमा करार दरबन्दीका शिक्षक नियुक्त गर्नुका साथै निकासा गरेको उल्लेख छ। मनाङको फु आधारभूत विद्यालयमा बालविकासबाहेक अन्य विद्यार्थी छैनन् तर गाउँपालिकाले विद्यालयका दुई स्थायी र एक करार गरी तीन शिक्षकको तलबभत्तालगायतका सुविधाका लागि वार्षिक १२ लाख ६५ हजार रुपैयाँ

नेपाल भाषा पठनपाठनका लागि १७२ शिक्षक नियुक्त गर्ने तयारी

काठमाडौँ महानगरपालिकाले आफू मातहत रहेका विद्यालयमा स्थानीय भाषा पठनपाठन गराउन १७२ नयाँ शिक्षक  नियुक्ति गर्ने तयारी गरेको छ ।संवैधानिक व्यवस्थाअनुरुप अनिवार्यरूपमा १०० नम्बरको एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । सोहीअनुरुप कामपाले स्थानीय भाषा पठनपाठनका लागि नयाँ शिक्षक राख्ने तयारी थालेको हो...

विद्यालयमा शिक्षक अभाव, करारमा नियुक्त गर्ने सरकारकाे तयारी

काठमाडौं । शिक्षक सेवा आयोगले लिएको परीक्षामा अनुतिर्ण भएका अस्थायी शिक्षकलाई विद्यालयले हाजिर गर्न नदिएपछि विद्यालयका विभिन्न विषयको पठन पाठन नै ठप्प हुने अवस्थामा पुगेपछि सरकारले करारमा नयाँ शिक्षक नियुक्त गर्ने ...

जाजरकोटका दुई विद्यालयमा शिक्षक नियुक्ति रोक

आफ्नो मान्छेलाई शिक्षक बनाउनुपर्ने अडानका कारण जाजरकोटका दुई विद्यालयमा शिक्षक नियुक्ति हुन सकेको छैन । छेडागाड नगरपालिका–१२ मनघाटस्थित चन्द्रज्योति आधारभूत विद्यालय र त्रिवेणी नलगाड नगरपालिका–६ पिउलीस्थित जनप्रिय प्राविको प्राथमिक तहको राहत शिक्षक पदका लिइएको परीक्षाको अन्तर्वार्ताका बेला व्यवस्थापन समितिका अध्यक्ष भागेपछि एक महिना बढी समयसम्म पनि शिक्षक नियुक्त हुन नसकेको पीडितको गुनासो छ । शिक्षक…