३५६ प्रतिशतले बढ्यो सिडिएससिको आम्दानी, नाफामा पनि उछाल

आर्थिक वर्ष ७७/७८ मा सिडिएससिको आम्दानी ३५६ प्रतिशतले बढेको छ । कम्पनीले आ.व.२०७६/७७ मा रु. २० करोड ७१ लाख ८३ हजार आम्दानी कूल आम्दानी गरेकोमा आ.व.२०७७/७८ मा कम्पनीको आम्दानी ३५६ प्रतिशतले बढेर रु.९४ करोड ४१ लाख २३ हजार भएको छ ।  सिडिएससिले आ.व.२०७६/७७ मा खुद नाफा रु.७ करोड ८० लाख ८६ हजार आर्जन गरेकोमा आ.व. २०७७/७८ मा रु. ५० करोड ३६ लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । त्यसैगरी सिडिएससिको आ.व. २०७६/७७ मा ९ करोड ४ लाख ५ हजार खर्च भएकोमा सो रकम २६ प्रतिशतले बढेर रु. ११ करोड ३६ लाख ६० हजार खर्च भएको छ ।सिडिएससिले आयकर बापत आ.व. २०७६/७७ मा रु.३ करोड ५१ लाख २६ हजार भुक्तानी गरेकोमा आ.व. २०७७/७८ मा रु. २५ करोड ५६ हजार भुक्तानी गरेको छ । सिडिएससिले गत आर्थिक वर्षको तुलनामा आ.व.२०७७/७८ मा ६१२ प्रतिशत बढी आयकर भुक्तानी गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाट आर्थिक वर्ष २०७६/७७ मा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गर्नेमा सिडिएस एण्ड क्लियरिङ्ग लि. लाई आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरबाटु दशौं राष्ट्रिय कर दिवस २०७८ को अवसर सम्मान पनि गरेको थियो ।आ.व.२०७६/७७ मा कम्पनीको जगेडा कोषमा रु. १३ करोड २२ लाख ९० हजार रहेकोमा आ.व.२०७७/७८ मा रु.६७ करोड २२ लाख ६९ हजार रहेको छ । त्यसैगरी सिडिएससिको प्रति शेयर आम्दानी आ.व. २०७६/७७ मा रु. २६.०३ रहेकोमा आ.व. २०७७/७८ मा सिडिएससिको सेवा थप विस्तारबाट अम्दानीमा भएको वृद्धिले सिडिएससिको प्रति शेयर आम्दानी बढेर रु. १९१.२२ पुगेको छ ।सिडिएससिले आ.व.२०७६/७७ मा शेयरधनीलाई १५ प्रतिशतका दरले ४ करोड ५० लाख रुपैयाँ नगद लाभांश वितरण गरेकोमा आ.व.२०७७/७८ मा 80 प्रतिशतले हुने रु. १२ करोड नगद लाभांश वितरण गरेको छ।आर्थिक वर्ष ७७/७८ मा शेयरबजार नयाँ उचाईमा पुग्दा त्यसको समग्र लाभ सिडीएसलाई पनि भएको हो ।

सम्बन्धित सामग्री

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७ प्रतिशतको उछाल

नेपाल लाइफले चालू आवको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ।कम्पनीले आइतबार सार्वजनिक गरेको

नेपाल लाइफ इन्स्योरेन्सको नाफा २३७ प्रतिशत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको जनाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा २ सय ३७ प्रतिशतको उछाल आएको जनाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड बराबर खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको […]

अरु उद्योग घाटामा गइरहँदा शिवम् सिमेन्टको नाफामा भने उछाल

अर्थतन्त्र संकुचित बन्दै जाँदा त्यसको प्रत्यक्ष मारमा परेको उद्योग व्यवसाय दिनदिनै घाटामा गइरहँदा शिवम्‌ सिमेन्ट उद्योगको नाफामा भने उछाल देखिएको छ ।

निजी क्षेत्रले आरोप लगाएजस्तो छैन बैंकको नाफामा उछाल, ६ प्रतिशतले पनि बढेन नाफा

काठमाडौं। निजी क्षेत्रका संगठनहरुले आर्थिक संकटले अन्य व्यवसाय प्रभावित हुँदा बैंकले भने उच्च नाफा कमाएको बताइरहँदा बैंकले सार्वजनिक गरेको

महालक्ष्मी विकास बैंकको नाफामा उछाल

काठमाडाैं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८-७९ मा ९५ करोड १९ लाख ८ हजार रुपियाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०७८-०७९ को अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७÷०७८ को तुलनामा ४४ दशमलव २१ प्रतिशतले बढाएको हो । बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो । बैंकको […]

सुर्योदय लघुवित्तको खुद नाफा ४४४.९३ प्रतिशतले बढ्यो

काठमाडौं, २१ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ । संस्थाले सार्बजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४४४.९३ प्रतिशतले बढ्दै ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड […]