स्वास्थ्य सेवा सुधार्न निजी क्षेत्रसँग सहकार्य गर्छौं : स्वास्थ्य मन्त्री यादव

४ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । शुक्रबार ललितपुर ग्वार्कोको बीएण्डबी अस्पतालमा क्याथल्याबको उद्घाटन गर्दै मन्त्री यादवले सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बता बताए । विपन्न नागरिक गुणस्तरीय सेवा …

सम्बन्धित सामग्री

पाँच वर्षभित्र सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा: स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्।...

आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन्छौँ : स्वास्थ्य मन्त्री खापुङ

चितवन – स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको दाबी गर्नुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३ औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा आज सोमवार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र आठ प्रकारका घातक रोग लागेकालाई एक लाख रुपैयाँका दरले वितरण गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो...

मेथिन्कोट अस्पतालमा मानसिक स्वास्थ्य सेवा

काभ्रे । मेथिन्कोट अस्पतालमा मानसिक अस्पताल लगनखेलको सहयोगमा बहिरंग मानसिक स्वास्थ्य सेवा शुरु भएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले उक्त सेवाको शुभारम्भ गर्दै प्रदेश सरकारले नागरिकहरुका हरेक समस्यामा केन्द्रित रहेर काम गरिरहेको बताउनुभयो । मेथिन्कोट अस्पताललाई राजमार्गका ट्रमा केयर युनिटका रुपमा विकास गर्ने तथा शैया थप गरी स्वास्थ्यका सबै सेवा उपलब्ध हुने […]

स्वास्थ्य मन्त्रीलाई भेटेर बालेनले व्यक्त गरे असन्तुष्टि

काठमाडौेँ – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङसँग भेटवार्ता गरेका छन । काठमाण्डौ महानगरपालिकाभित्र रहेका ठूला सरकारी अस्पतालमा सेवा प्रवाह राम्रो नभएको, फोहोर व्यवस्थापन नभएको, शुल्क महँगो भएको लगायतका गुनासो आएको भन्दै मेयर शाहले स्वास्थ्य मन्त्रीलाई भेटेका हुन्। छलफलमा स्वास्थ्य मन्त्री खापुङ, राज्यमन्त्री हिराबहादुर केसी, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका […]

डाक्टर गाउँमा जानै मान्दैनन् - स्वास्थ्य मन्त्री खापुङ

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ । आज बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशका विभिन्न जिल्लाबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्वास्थ्य मन्त्री भएको दुई दिनमात्र ...

नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।

स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो […]

'जनतालाई संघीयताको आभास दिलाउन गाउँगाउँमा स्वास्थ्य सेवा दिन्छौँ'

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा गाउँगाउँमा स्तरीय स्वास्थ्य सेवा प्रदान गरेर जनतामा संघीयताको अनुभूति दिलाउन आफूले पहल गर्ने बताउँछन् । स्वास्थ्य सेवा मानिसको आधारभूत आवश्यकता भएकाले स्वास्थ्यकै माध्यमबाट संघीयताको सफल कार्यान्वयन गर्न सकिने उनको बुझाइ छ ।जनताको स्वास्थ्य उपचारका पक्षमा केही ठोस योगदानका लागि आफू मन्त्री बनेको उनी बताउँछन् । आम नागरिकको उपचारमा प्रदेशको जिल्लादेखि वडासम्मका स्वास्थ्य संस्थालाई सुधार गर्दै उपकरणयुक्त बनाएर सेवा विस्तार गर्ने उनको योजना छ । प्रस्तुत छ,

मलेसियामा पनि ओमिक्रोन, स्वास्थ्य सेवा सुदृढ गर्न डब्ल्यूएचओको आह्वान

१७ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी छ । मलेसियामा समेत ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन् । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण […]

गण्डकी प्रदेश स्वास्थ्य नीति : नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क

मंसिर ९, कास्की । गण्डकी प्रदेश सरकारले आम नागरिकका लागि आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने गरी स्वास्थ्य नीति बनाएको छ । मन्त्रिपरिषदको बैठकले ‘गण्डकी प्रदेश स्वास्थ्य नीति २०७८’ जारी गर्दै प्रदेशका आम नागरिकलाई सहजरुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने योजना बनाएको हो । प्रदेशका प्रत्येक स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी उपलब्ध गराउने उद्देश्यले नयाँ स्वास्थ्य नीतिमा ‘एक स्वास्थ्यसंस्थामा एक चिकित्सक र एक स्वास्थ्यकर्मी’को नीति अबलम्वन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले बताइन् ।  राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा शहिद तथा बेपत्ता, घाइते अपांगता भएका व्याक्ति र परिवारको स्वास्थ्यको सुनिश्चितता सहित प्रदेश मातहतका अस्पताल मार्फत निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य नीतिमा समेटिएको उनको भनाइ छ । मन्त्री अधिकारीका अनुसार नागरीकको मौलिक हकका रुपमा कानूनमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता उल्लेख गरिएकाले यसलाइ कार्यान्वयन गर्ने दायित्व प्रदेश सरकारको भएकाले नयाँ नीति मार्फत अगाडी बढाइएको हो । संघियताको मर्म बमोजिम संघ र स्थानिय तहसँग सहकार्य गर्दे गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा आमनागरीककोे पहुँच सुनिश्चित गर्ने कार्यको आरम्भ प्रदेश स्वास्थ्य नीतिबाट हुनेछ । स्वास्थ्य नीतिमा बीमा लागू भएका अस्पतालहरुमा सार्वजनिक सुनुवाइ कार्यक्रम लागू गरी स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन संयन्त्र निर्माण गरी थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ । प्रदेशभित्र पाइने विभिन्न जडिबुटीलाई उत्पादन गर्न प्रोत्साहन गर्ने समेत स्वास्थ्य नीतिमा उल्लेख गरिएको छ ।  प्रदेशमा विशेषज्ञ र विशिष्टिकृत (मुटु, मृगौला, कलेजो, क्यान्सर, मानसिक रोग) स्वास्थ्य सेवाको विस्तार गरी गुणस्तरीय सेवामा सबैको पहुँच वृद्धि गर्दै लगिने समेत उल्लेख छ ।  त्यसैगरी मुख, नाक, कान, घाँटी र आँखा सम्बन्धी स्वास्थ्य सेवालाई वर्तमान स्वास्थ्य सेवा प्रणालीमा एकीकृत गरी सञ्चालन गर्ने योजना रहेको छ ।  व्याक्तिको आयआर्जनका लागि पनि जडिबुटी उत्पादन तथा प्रशोधनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य मन्त्री अधिकारीले बताइन् ।  त्यसैगरी, प्रदेशलाई चाहिने स्वास्थ्यकर्मी र विशिष्ट दक्ष जनशक्तिका लागि छात्रवृत्तिको व्यवस्था मिलाईने कुरा नीतिमा उल्लेख छ । गण्डकी प्रदेश पर्यटकहरुको प्रमुख स्थल भएकाले अन्तरराष्ट्रिय पर्यटकीय चिकित्सा केन्द्रको रुपमा विकास गर्दे पर्यटकमैत्री स्वास्थ्य सेवा सुनिश्चित गर्ने योजना समेत अगाडी बढाइएको छ ।  त्यसैगरी, किशोरीका लागि आइरन लगायतका आवस्यक औषधिहरु उपलब्ध गराउने लगायतका विषय पनि नीतिमा समावेश गरिएको छ । त्यसैगरी, प्रदेश सरकारले एक पालिका एक ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ ।