काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले डाक्टरहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताउनुभएको छ । आज बिहीवार नेपाल स्वास्थ्य प्राविधिक सङ्घको ४४ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशका विभिन्न जिल्लाबाट दरबन्दी खाली रहेको भन्दै डाक्टर तथा नर्स पठाइदिन आग्रह गरे पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘म स्वास्थ्य मन्त्री भएको दुई दिनमात्र ...