बागलुङमा विद्यालय खुल्नुअघि भाषा पाठशाला थियो । बागलुङ नगरपालिका–३ का ९२ वर्षीय तेजराज उपाध्यायले पनि गुरुकुल शिक्षा लिए । उक्त पाठशालामा पण्डित जगन्नाथ र हरिनन्दन उपाध्यायले संस्कृत पढाउँथे । संस्कृतसँगै स्रेस्ता शिक्षा पढाइन्थ्यो । तेजराजले पनि स्रेस्ता शिक्षा सिके । त्यसले उनलाई मातपोत, प्रशासनमा काम गर्न सक्ने बनायो ।