काठमाडौं : सरकारले यस पटक विद्यार्थीको दिवा खाजा कटौती गरेको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता वशन्तप्रसाद कोइरालाले यसअघि कक्षा-६ सम्म दिइँदै आएको खाजा यस वर्ष कक्षा ५ सम्मलाई मात्रै पुग्ने गरी स्थानीय तहमा रकम पठाइसकेको जानकारी दिए।सरकारले चालु आव ०८०/८१ मा सरकारी (सामुदायिक) विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिन ८ अर्ब ४५ करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै यसबाट करिब ३२ लाख विद्या