सुनको मूल्य घट्दो क्रममा

नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा छ । गत बुधबार ७ सय रुपैंयाले घटेको छापावाल सुनको मूल्य बिहिबार पनि ७ सय रुपैंयाले नै घटेर ९१ हजार ८ सय रुपैंयामा झरेको हो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७ सय रुपैंयाले घटेर ९१ हजार ३ सय रुपैंया कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

सम्बन्धित सामग्री

तोलामा ४०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुन (Gold) को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदी (Silver)को मूल्य स्थिर छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:११ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार डलर (dollar) पुगेको छ । अघिल्लो कारोबार दिन (बिहीवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार ४ डलरमा बन्द भएको थियो । त्यसैगरी, आज डलरको मूल्य पनि घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ७४ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रूपैयाँ ८७ पैसामा कारोबार भएको थियो ।

सुनचाँदीको मूल्य स्थिर, कति छ आजको बजार भाउ ?

काठमाडौं । अघिल्लो दिन हजार रुपैयाँले बढेको सुन (Gold)को मूल्य बिहीवार (आज) स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुन तोलाको १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सुन १ लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदी (Silver)को मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११:३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १६ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (बुधवार) स्पट गोल्डको मूल्य प्रतिऔंस २ हजार १८ डलरमा बन्द भएको थियो । त्यसैगरी, आज डलरको मूल्य भने घटेको छ । आज १ अमेरिकी डलर (Dollar)को विक्री दर १३१ रुपैयाँ ६३ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलर १३१ रुपैयाँ ७१ पैसा कायम भएको थियो ।

एकै दिन तोलामा २ हजारले घट्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधवार (आज) सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ७ हजार ८०० रुपैयाँ तोकिएको छ । गत मंगलवार सुन १ लाख ९ हजार ८०० रुपैयाँमा खरीदविक्री भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।  अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ः३४ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९३९ दशमलव ९४ डलर पुगेको छ । अघिल्लो दिन बजार बन्द हुँदा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९४२ दशमलव ९२ डलर पुगेको थियो । त्यसैगरी आज डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो दिन‌ १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ५२ पैसा थियो ।

सातायता सुनको भाउ ओरालोमा, तोलामा १४ सय घट्यो मूल्य

काठमाडौं । पछिल्लो एक सातायता सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलवारयता सुनको भाउ ओरालो लागेको हो । उक्त दिन तोलामा २०० रुपैयाँ घटेर १ लाख ३ हजार पुगेको सुनको भाउ आज  (सोमवार) १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । अर्थात् मंगलवारयता सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटिसकेको छ ।  आज भने सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ । गत आइतवार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार २५५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय बजारमा भने आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान १२:१० बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८०९ दशमलव ७९ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८११ दशमलव १० डलरमा बन्द भएको थियो । त्यसैगरी आज डलरको मूल्य स्थिर छ । आज १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि १ अमेरिकी डलरको विक्री दर १३२ रुपैयाँ ७१ पैसा थियो ।

राष्ट्र बैंकद्वारा सुन आयातमा कडाई, ५० प्रतिशतले घटायो आयात गर्न पाउने कोटा

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा घटाएको छ। राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागले आज आइतबार निर्देशन जारी गर्दै सुन आयातको कोटा घटाएको हो। जस अनुसार अब दैनिक १० किलोग्राम सुन मात्र आयात गर्न सकिने छ। यस अघि दैनिक २० किलोग्राम सुन आयात गर्न सकिने ब्यबस्था थियो । विदेशी विनिमय संचिति घट्दो क्रममा रहेको र विदेशी विनिमय संचितिको ठूलो हिस्सा सुन आयातमा प्रयोग हुन थालेपछि राष्ट्र बैंकले सुन आयातमा कडाई गरेको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । रुस र युक्रेनबीच युद्द सुरु भएपछि सुनको मूल्य निरन्तर बढ्दो छ । नेपाली बजारमा आज आइतबार सुनको मूल्य तोलामा १ लाख रुपैयाँ नाघेको छ ।  शुक्रबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ । आज तेजाबी सुनको भाउ पनि तोलामा २ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख १ हजार ४ सयमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ३६५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८६ हजार ९३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य घट्दो क्रममा

काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार ) बजारमा सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि सुनचाँदीको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार छापावाल सुनको […]

सुनको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य घट्दो क्रममा रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको हो । यस्तै बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँम...